मिर्गौला पीडितलाई मूल प्रवाहको सहयोग

कोटी प्रसाद पोख्रेल
चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई उत्तर नगर समितिले मिर्गौला पीडित प्रेमी सुनार वर्ष २१ लाई १३२५०/- (तेह्र हजार दुई सय पचास भारु) सहयोग गरेको छ।

दाङ जिल्ला उपमहानगरपालिका वडा नम्बर १ निवासी साथै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तर नगर समितिका सदस्य दिलिप सुनारको छोरी प्रेमी सुनार वर्ष २१ को दुवै मिर्गौला फेल भई आर्थिक समस्या परेपछि मूल प्रवाह चेन्नई उत्तर समितिको पहलमा आर्थिक संकलन गरी चेन्नई उत्तर नगर समितिका सचिब तथा क्षेत्रीय सदस्य कोटीप्रसाद पोख्रेल दक्षिण भारत क्षेत्रीय समितिका सचिवलाई सदस्य तथा चेन्नई उत्तर नगर समितिका सदस्य काशीराम शर्माको उपस्थितमा प्रेमी सुनार र उहाँको बुवा दिलिप सुनारलाई सचिव कोटीप्रसाद पोख्रेलले आर्थिक हस्तान्तरण गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार