भोपालमा विस्तारित भेला सम्पन्न

कृष्ण पचभैया
भोपाल, १९ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिको आयोजनामा भोपाल नगर समितिको नवौं नगर सम्मेलनको तयारीको लागि विस्तारित बैठक तथा भेला सम्पन्न भएको छ ।

श्रीमती सोनु थापाको सञ्चालनबाट अघि बढेको उक्त कार्यक्रममा नगर समिति अध्यक्ष्य श्री रमेश रानाको अध्यक्ष्यता, केन्द्रीय समितिका सदस्य ताल बहादुर खड्का, मध्य उत्तर भारत क्षेत्रीय समितिका सचिव नारायण बहादुर सापकोटा, महिला विभाग क्षेत्रीय समितिको प्रतिनिधि श्रीमती लक्ष्मी रोका मगरको अतिथित्व पछि ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनेट मौनधारण गरि सम्पूणर् एरिया, टोल र विभागबाट उपस्थित हुनु भएका प्रतिनिधिलाई नगर समितिका उपाध्यक्ष्य अर्जुन जीएमले मन्तब्यबाट स्वागत गर्नुको साथै रक्तिम विभागका कलाकारहरुद्वारा स्वागत गित, स्टेज गित प्रस्तुत गरिएको थियो । अतिथि वक्ताहरुले सम्मेलन सफलताको शुभकामना मन्तब्य दिनु भएको थियो।

भेलाले सात सदस्यीय मूल व्यवस्थापन इन्चार्ज सहित ८१ सदस्यीय तयारी समिति गठन गरेको छ । दिनांक ८९ जुन २०२४ को सम्मेलन मध्य प्रदेशको राजधानी भोपाल शहरमा भब्य र सभ्य रुपमा सफल पार्न सबै कार्यकर्ता जनताको माझ पुगेर प्रचार प्रसार गर्ने, आर्थिक नैतिक, सहयोग र समर्थन जुटाउन साथै सदस्यता अभियान जारी गर्ने जस्ता महत्वपुणर् निणर्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार