
मदुरै, २६ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज राजपालयम एरिया समिति गठन भएको छ ।
रमेश बिक, बुद्विप्रकाश सुनारको पहल र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय प्रतिनिधि खिमानन्द शर्मा, मदुरै नगर समितिका ईश्वरीचन्द्र थापाको विशेष उपस्थितिमा राजपालयमस्थित कार्यरत श्रमिकहरूबिच संगठनात्मक बिषयहरूमा व्यापक छलफल बहस पश्चात् एक भेलाको आयोजना गरिएको थियो ।
उक्त भेलाले सात पुणर्, दुई बैकल्पिक र दुई सल्लाहकार गरि ११ सदस्यीय राजपालयम एरिया समिति गठन गरेको छ । जस्माः अध्यक्ष- रमेश बिक, उपाध्यक्ष- पदम सार्की, सचिव- ईन्द्रप्रसाद कालाथोकि, कोषाध्यक्ष- बुद्विप्रसाद सुनार, सदस्यहरुमाः सुदिप नेपाली, भिम बिक, रोहित बानिया, वैकल्पिक सदस्य साजन कुँवर एक रिक्त र सल्लाहकार बिबस बिक र एक स्थान रिक्त रहेको जिम्मेबार साथिले जानकारी दिनुभयो।
खिमानन्द शर्माले नब निर्बाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो।