बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

चिदम्बरम, २ जून । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समिति अन्तर्गत कारैकाल एरिया समितिको आयोजनामा एरिया सदस्य डिल्लीप्रसाद शर्मा र नगर महिला विभाग सदस्य सुर्यकला शर्मालाई उहाँहरुले मूल प्रवाहमा रहेर खेलेको भूमिका र गरेको योगदानको कदर गर्दै एक समारोह कार्यक्रम आयोजन गरि बिदाई एवं सम्मान गरिएको छ ।

आफ्नो जागिरे जीवनबाट अवकाश लिई स्वदेश जान लाग्नु भएको अवसारमा आयोजना गरिएको उक्त बिदाई तथा सम्मान कार्यक्रमको उद्घोषक जीवन पराजुली, अध्यक्षता नारायण शर्मा र अतिथि क्षेत्रीय सदस्य हेम बिजी, कार्यक्रमका बिषेश अथिति डिल्लीप्रसाद शर्मा, सुर्यकला शर्माको मञ्चमा अथिति आसनग्रहण पश्चत बिदाई व्यक्तित्वहरुलाई चन्दन माला, अविर र दोसाल्ला ओढाएर सम्मान गरिएको थियो भने कार्यक्रममा उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरूलाई शब्दद्वारा पवित्रा शर्माले स्वागत गर्नुभएको थियो ।

बिदाई तथा सम्मान समारोह कार्यक्रमका प्रमुख अतिथि हेम बिजीले बिदाई मन्तव्य राख्दै भन्नु भयो । डिल्ली प्रसाद शर्मा र सुर्यकला शर्माको भारत प्रवासबाट गरिएको यो बिदाई देश भित्रको क्रान्तिकारी र परिवर्तन आन्दोलनमा स्वागतको लागि गरिएको बिदाई हो । भूगोलमा फरक स्थान भए पनि विचार र आन्दोलन एउटै हो । संगठनमा यहाँहरुको निरन्तरता, अनुशासन र ईमान्दारीता मूल प्रवाहका कार्यकर्ताको नमुना भएको बताउँदै श्री बिजीले मूल प्रवाह एकता समाज रहेर आर्जन गरेको राजनैतिक शिक्षा, सिद्धान्त र विचारलाई स्वदेशमा गएर उत्पीडित वर्गको मुक्ति आन्दोलनमा सरिक बनाउनु हुनेछ भन्ने मन्तव्य व्यक्त गर्नुभएको थियो।

सो समारोहमा नगर समितिबाट सुर्यमान गिरी र एरिया समितिबाट रुद्र प्रसाद शर्माले बिदाई मन्तव्य राख्नु भएको थियो । अन्त्यमा कार्यक्रमका सम्मानित व्यक्तित्वहरु डिल्लीप्रसाद शर्मा र सुर्यकला शर्माले आफ्नो बिदाईमा भावानात्मक मन्तव्य राख्दै भन्नु भयो । एरिया समितिले हामीलाई बिदाई एवं सम्मान गरेकोमा हामी निकै खुसी छौं । भौतिक रुपमा हामी टाढा भए पनि आस्था र विचारले हामी अति नै नजिक छौं । भारत प्रवासमा रहदा मूल प्रवाहबाट हामीले सिकेको ज्ञान र अनुभवलाई स्वदेशमा गएर पनि शोषित पिडित जनताको संघर्षमा लगाउँदै अघि बढ्न अठोट व्यक्त गर्नु भयो।

सन् १९८८ देखि एकता समाजमा प्रवेश गर्नु भएको डिल्लीप्रसाद शर्मा तिर्ची नगर समितिको अध्यक्षको जिम्मेवारीमा रहेर संगठन विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै पाण्डीचेरी नगर समिति हुँदै जागिर बदलिने क्रममा सन् २००९ बाट चिदम्बरम नगर समितिमा आवद्ध हुनुभएको थियो ।

पाण्डीचेरी राज्यको कारैकालस्थित त्रिनालर शनिश्वर मन्दिरको जागिरबाट अवकाश लिनुभएको डिल्लीप्रसाद शर्माको नेपाल घर गैँडाकोट नगरपालिका वार्ड नम्बर १६ अमरापुरी नवलपुर हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार