
कृष्ण पचभैया
कानपुर (भारत) । भारत उत्तर प्रदेशको कानपुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सत्रौँ नगर सम्मेलन सम्पन्न भएको छ ।
महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा जुन २३, २०२४ का दिन सो सम्मेलन सम्पन्न भएको हो ।
पानसमा बत्ती बालेर उद्घाटन गरसेपछि सम्मेलनलाई मन्तव्य राख्दै महासचिव पौडेलले रेमिट्यान्समा पालिएको नेपाल सरकारले प्रवासी नेपालीको उपेक्षा गरेको आरोप लगाउनुभयो ।
सो अवसरमा उहाँले देश साम्राज्यवादीको क्रिडास्थल बनेको, महङ्गी, भ्रष्टाचार, राजनीतिक अस्थिरता, वैदेशिक ऋण, युवाको विदेश पलायन, राष्ट्र र राष्ट्रियता असुरक्षामा रहेको जस्ता विषयमा चर्चा गर्नुभएको थियो ।
सम्मेलनले लोकबहादुर गुरुङ अध्यक्ष रहनुभएको १३ पूर्ण, चार वैकल्पिक र चार सल्लाहकार गरी २१ सदस्यीय नगर समिति गठन गरेको छ ।
समितिको उपाध्यक्ष ओमबहादुर गुरुङ, सचिवमा मिनबहादुर राना, सहसचिव शरद केसी र कोषाध्यक्षमा छविलाल बन्जाडे रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा वीरबहादुर जिसी, खेमबहादुर केसी, पूर्णबहादुर पुन, हरिकला गुरुङ, विजय लिम्बु, कमला बेलबासे, सुरज झेडी, दीपक राना (पनाकी) र करन सिंह रहनुभएको छ ।
एवम् प्रकारले वैकल्पिक सदस्यहरूमा उमेश गिरी, लाल बहादुर र दीपक राना (जाजभाउ) रहनुभएको छ ।
सम्मेलनले हेमा राना, पुरन थापा, शिवबहादुर विक र कमल जिसीलाई सल्लाहकारमा चयन गरेको छ ।
सम्मेलनलाई मूल प्रवाहका केन्द्रीय सदस्यहरू भीमबहादुर थापा, तालबहादुर खड्का, रामप्रसाद बस्याल, क्षेत्रीय सदस्य अर्जुन जिएम, महिला क्षेत्रीय समितिकी सोनु थापालगायतले शुभकामना दिनुभएको थियो ।
बन्दसत्रमा प्रतिवेदन लोकबहादुर गुरुङले तथा आर्थिक प्रतिवेदन वीरबहादुर जिसीले गर्नुभएको थियो ।
लोकबहादुर गुरुङको अध्यक्षतामा तथा छविलाल बन्जाडेको सञ्चालनमा अघि बढेको सम्मेलनमा उपस्थित जनसमुदायलाई स्वागत उमेश गिरीले गर्नुभएको थियो ।