अलपत्र बालकको मूल प्रवाहद्धारा उद्दार

प्रयागराज । भारतको उत्तर प्रदेश प्रयागराजको रेलवे स्टेसनमा फेला परेका नेपाली बालकलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रयागराज नगर समितिको पहलमा उनका आफन्तजन र घर परिवारलाई हस्तान्तरण गरिएको छ । ४ जुलाई २०२४ का दिन भेटिएका १० वर्षे बालकले आफ्नो नाम असगर र बुबाको नाम शेख ताहिर बताएका थिए ।

अस्पष्टसँग आफ्नो घर जंगलसईया गौर बताउने बालकका आफन्तको खोजीका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पहल थालेको थियो ।

नगर समितिका कार्यकर्ताहरूको पहलमा नेपालमा विभिन्न स्थानमा खोज गरि शेख ताहिरलाई फेला पारिएको थियो । संगठनले उनको छोरा असगर मूल प्रवाह एकता समाजले आफ्नो संरक्षणमा राखेको जानकारी गराएपछि शेख ताहिरले स्थानीय निकायसँग सम्बन्धित कागजपत्र सहित उपस्थित भएका थिए । नाता प्रमाणित भएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता कार्यकर्ताहरुको पहलमा न्यायलय बालक कल्याण समिति प्रयागराजबाट हस्तान्तरण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार