अहमदाबादमा नगर भेला सम्पन्न पूनर्गठन

अहमदाबाद, २५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत अहमदाबादमा नगर समितिको भेला सम्पन्न भएको छ ।

टेक बहादुर वर्माको अध्यक्षता एवं राजकुमार थापाको संचालनमा अगाडि बढेको भेलामा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष ठाकुर खनाल, अतिथिहरुमा केन्द्रीय सदस्य गोविन्द थापा, सल्लाहकार मोहन बस्नेत र पूर्व केन्द्रीय सदस्य एवं राजमो दैलेखका अध्यक्ष भिम सिंह बिस्ट हुनुहुन्थ्यो ।

अतिथिहरुको आसन ग्रहण पछी ज्ञात अज्ञात सहितहरुप्रति एक मिनेटको मौन श्रद्धाञ्जली पछि श्याम राहु मगरले सहभागीहरुलाई मन्तव्यबाट स्वागत गर्नु भएको थियोे ।

भेलाको उद्घाटन गर्दै प्रमुख अतिथिले– १९५० को सन्धिमा भारतमा नेपालीलाई भारतीय नागरिक सरह समान अधिकार र ब्यवहार गर्ने प्रावधान तर, हामी नेपालीले भेदभावको सिकार भै अपहेलित हुनुका साथै प्रताडित हुनुपरेको भन्नु भयो । ‘हाम्रा हकहित र अधिकारहरु रक्षाको लागि संगठित हुनुको विकल्प छैन ।’

‘अहिले भारतमा कैयौं, संगठन छन् तर उनीहरूले नेपालीहरु समस्याको समाधानको पक्षमा काम गरेको पाइँदैन, ठूला भनाउँदा राजनीतिक दलका भातृ संगठनले जनतामा भ्रमा नदिए हुन्छ ।’ खनालले भन्नु भयो– ‘आजसम्म उनका माउ पार्टी सत्तारूढ भैसकेका छन्, उनीहरूले के गरे ? सर्वोच्च अदालतले प्रवासी नेपालीहरुको मताधिकारको सुनिश्चित गर्न परमादेश दिएको ६ वर्ष वितिसक्दा पनि त्यसको ब्यवस्थापनमा सिन्को भाचिएको छैन ।’

केही स्थानीय स्थानमा जिल्ला भेकका संगठनले केही सामाजिक काम गरेता पनि मुख्य रूपमा आर्थिक कारोबार र ईलाकावादी चिन्तनले काम गरेको खनालले बताउनु भयो । ‘त्यस प्रकार गतिविधिले प्रवासी नेपालीहरुको समस्या समाधान हुन सक्दैन ।’ अध्यक्ष खनाललेको भनाई थियो– ‘पूर्व–पश्चिम ७७ जिल्ला जहाँबाट आएको भए पनि हामी सबैको एउटै समस्या हो । देश भित्र रोजगारी र अगाडि बढ्ने अवसरको अभाव त्यसैले हामी बैचारिक रूपमा सचेत हुँदै क्रान्ति र परिवर्तनको पक्षमा उभिएर अगाडि बढ्ने संगठनको खाँचो पूरा गर्ने काम मूल प्रवाहले गरेको छ ।’

भेलाले दिलिप सोनीको अध्यक्षतामा १३ पूर्ण सदस्य ४ बैकल्पिक र ४ सल्लाहकार गरि २१ सदस्यीय नगर समितिको पूनर्गठन गरेको छ । जसमा : उपाध्यक्ष– राकेश सोनी, सचिव– राजकुमार थापा, सहसचिव– टीका सोनी, कोषाध्यक्ष– टेकबहादुर वर्मा, सदस्यमाः श्याम राहु मगर, अर्जुन चोल्पाली, लीला सोनी, दुर्गा सोनी, धर्मेन्द्र लामा, कमल बुढा, एक स्थान रिक्त बैकल्पिक सदस्यमा जेनिस थापा, राकेश बिक, पवन बुढा एक स्थान रिक्त सल्लाहकारमा नरेश भट्टराई, बिजय बिक, मोहन बस्नेत र गोविन्द थापा रहनुभएको छ ।

भेलामा नयाँ समितिको संख्या र प्यानल प्रस्ताव गोविन्द थापाले प्रस्तुत गर्नु भएको थियो । भेलाबाट सर्वसम्मत पारित भए पछि समितिको तर्फबाट अध्यक्ष दिलिप सोनीले प्रतिबद्धता मन्तव्य दिनुभएको थियो । नवगठित समितिलाई पूर्व केन्द्रीय सदस्य तथा राजमो दैलेखका अध्यक्ष भिम सिंह बिस्टले पनि बधाई दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार