श्रद्धान्जली सभा सम्पन्न

बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा २९ अगस्तका दिन श्रद्धाञ्जली सभा सम्पन्न पारिएको छ ।

बेंगलोर उत्तर नगर समितिका कोषाध्यक्ष सावित्री थापा वर्ष ४४ को अन्तिम संस्कारपछि श्रद्धाञ्जली सभा सम्पन्न पारिएको हो । वहाँ नगर सदस्य चन्द्र बहादुर थापाकी श्रीमती एवं केन्द्रीय सदस्य भिम बहादुर थापाकी सुपुत्रीको हुनुहुन्थ्यो । नेपाल नवलपरासी बर्दघाट नगरपालिका १६, हाल बेंगलोर मनोरन पाल्या आर टी नगर बेंगलोरमा लामो समयदेखि वसोवास गर्दै आएका थिए । सामान्य भाइरल ज्वरोको कारणले २९ अगस्त २०२४ का दिन वहाँको निधन भएको बताइएको छ ।

उहाँ विद्यार्थी जीवनबाट नै विभिन्न जिम्मेवारीमा रही संगठनको काम गर्दै आउनु भएको थियो । उहाँको निधनले संगठनलाई ठूलो क्षति पुगेको छ ।

दक्षिण भारत क्षेत्रीय समितिका उपाध्यक्ष दसरथ बिकको सञ्चालनबाट अगाडि बढेको श्रद्धाञ्जली सभा केन्द्र समितिका सदस्य नरेश कुमार विकले मूल प्रवाहको झण्डा ओढाए र फुलमाला लगाई संगठनको तर्फबाट श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो ।

मूल प्रवाह दक्षिण भारत क्षेत्रीय समितिका सदस्य धर्म पहरी, उत्तर नगर समितिका उपाध्यक्ष ओम बहादुर दाहाल र घरपरिवारको तर्फबाट केन्द्रीय सदस्य भिम बहादुर थापाले मृतक सावित्री थापाको जीवनी बारेमा प्रष्ट्याउनु भएको थियो ।

ने.क.पा. (मसाल) दक्षिण भारत जिल्ला समितिका कावा सेक्रेटरी का.प्रभातले पठाउनु भएको शोक बक्तब्यलाई पनि वाचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार