बेंगलोर दक्षिण । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर दक्षिण नगर समिति अन्तर्गत महिला बिभागको आयोजनामा तिज कार्यक्रम सम्पन्न भएको छ । चाँदनी विकको सञ्चालन र देवी विकको अध्यक्षता ज्ञातअज्ञात सहिदहरुको सम्मानमा एक मिनट मौनधारण पछि उपस्थित जनमानसलाई रक्तिम सांस्कृतिक विभाग र देबकी विकले स्वगत गर्नुभएको थियो ।
कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापाको प्रमुख आतित्थ्यता एवं केन्द्रीय सदस्य नरेश कुमार विक, दक्षिण भारत क्षेत्रीय उपाध्यक्ष दशरथ विक, सदस्य धर्म पहरी, सदस्य पार्वति विक, सदस्य मान बहादुर विक, सदस्य परमानन्द खडायत, सदस्य ओम बहादुर दाहाल, विद्यार्थी क्षेत्रीय विभागबाट सन्तोष कुमार पहरी, क्षेत्रीय रक्तिम विभागबाट सदस्य रामराज पौडेल, क्षेत्रीय महिला विभागका सदस्य दुरा पहरी, दक्षिण नगर समता विभागबाट दान बहादुर पहरी, उत्तर नगर समितिका सचिव तिलक केसी, उत्तर नगर महिला विभागका सदस्य निर्मला दाहाल, अन्तर्राष्ट्रिय नेपाली एकता समाज का भू.पू. केन्द्रीय सदस्य तथा उत्तर नगर समितिका सदस्य जय बहादुर विक, उत्तर नगर समिति रक्तिम विभागबाट किशोर विक लगायतको मञ्चमा आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि चन्द्र बहादुर थापाले तालीको गडगडाहट बीच द्वीप प्रज्र्योलित गरि उद्वघाटन गर्नु भएको थियो । उद्घाटन भाषणमा एकता समाजको लक्ष्य, उद्देश्य बारेमा र महिला दिदी बहिनीहरूको तिजको प्रगतिसिल महत्वको बारेमा स्पष्ट गर्नु भएको थियो । रमेशराज विकको नेतृत्योमा, रमेश राम विक, बलराम विक, मनोज विक, विनोद विक, सुनिता विक र माया विकको टीमले हालमा भव्य रूपमा भूमिका निभाउनु भएको थियो ।