
चेन्नई, १५ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तर नगर समितिद्वारा सञ्चालित माउनरोड एरिया समितिको सत्रौँ एरिया सम्मेलन पछिको दोस्रो भेला सम्पन्न भएको छ ।
कार्यक्रम तेजेन्द्र पुनको अध्यक्षता, गोपाल विकको सञ्चालन, केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिवलाई सदस्य काशीराम शर्माको प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज क्षेत्रीय सदस्य नेत्रलाल शर्माको अतिथि आसन ग्रहण ज्ञातअज्ञात शहीदहरूप्रति एक मिनेट मौनधारणा प्रस्ताव उपस्थित जनमानसलाई तिल बहादुर विकले स्वागत गर्नुभएको थियो ।
प्रमुख अतिथि काशीराम शर्माले तालिका गडगडहाटबिच भेलाको उद्घाटन र उद्घाटन भाषण गर्नुभएको थियो । उहाँले उद्घाटन भाषणमा प्रवासमा रहने नेपालीहरूको दुःख सुखमा अभिभावकको रुपमा भूमिका खेल्ने प्रवासी नेपालीहरूको र मूल प्रवाहको सम्बन्ध नङ र मासु जस्तै रहेको बताउँदै सम्पूर्ण प्रवासमा रहने नेपालीहरूलाई मूल प्रवाहको झण्डामुनि गोलबन्द हुन आग्रह गर्नुभएको थियो ।
क्षेत्रीय सदस्य नेत्रलाल शर्मा, भेलाले धर्मराज शर्माको अध्यक्षमा ९ पूर्ण, २ वैकल्पिक र दुई सल्लाहकार गरि १३ जना रहेको माउँरोड एरिया समितिको नामावली नेत्रलाल शर्माले घोषणा गर्नुभएको थियो । जसमाः अध्यक्ष– धर्मराज शर्मा, उपाध्यक्ष– प्रसाद गुरुङ, सचिव– गोपाल विक, सहसचिव– पूर्ण गुरुङ, कोषाध्यक्ष– भवानी प्रसाद गोराथोकी, सदस्य– तिलबहादुर विक, खगेश्वर सुनार, तेजेन्द्र पुन, अविदत्त नेपाली, वैकल्पिक सदस्यः गंगा परिवार र नरेश्वर शर्मा सल्लाहकार भुमेश्वर शर्मा र गुरुप्रसाद बस्याल रहनुभएको छ।
नवनिर्वाचित साथीहरूलाई काशीराम शर्मा र नेत्रलाल शर्माले बधाई दिनुभएको थियो । कार्यक्रमको अन्तमा आयोजकको तर्फबाट भवानी प्रसाद सम्पूर्ण जनमानसलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।















