
चिदम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिको भेला सम्पन्न भएको छ । आगामी २१–२२ डिसेम्बर २०२४ मा हुन गइरहेको १५औं नगर सम्मेलन तयारीका सन्दर्भमा भेला आयोजना गरिएको हो ।
सम्मेलनलाई व्यापक र व्यवस्थित बनाउनको लागि सम्मेलन तयारी समिति चयन गर्नुका साथै विभिन्न विषयमा छलफल भएको छ ।
भेलाले मोहराज शर्माको संयोजकत्वमा ७ सदस्सीय मूल व्यवस्थापन समिति चयन गरेको छ । सम्मेलनका विविध कार्य योजनाहरूलाई सञ्चालन र सफल बनाउन भेलाले उपसमितिहरु पनि चयन गरेको छ ।
मोहराज शर्माकै संयोजकत्वमा हल व्यवस्थापन उपसमिति, हेम बहादुर गन्धर्वको संयोजकत्वमा आर्थिक उपसमिति, मेघराज शर्माको संयोजकत्वमा स्वयंसेवक उपसमिति, देवेन्द्र आचार्यको संयोजकत्वमा मेस व्यवस्थापन उपसमिति, नारायण शर्माको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, बालाकृष्ण गायकको संयोजकत्वमा सांस्कृतिक उपसमिति र गोकूल बहादुर गायकको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ ।
नगर भेलाको उद्घाटन प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय सदस्य जनकराज पौडेलले गर्नुभयो ।
सो अवसरमा पौडेलले भन्नुभयो, ‘मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गौरवमय ईतिहास बोकेको संगठन हो। विश्वका श्रमजिवी नेपालीहरुको बिचमा फैलिएको एकता समाजलाई अवसरवादी र फुटपरस्त तत्वहरुले कमजोर बनाउन नसक्ने दावी गर्दै मूल प्रवाहको निति, कार्यक्रम र लाखौं कार्यकर्ताहरूले सबै चुनौतिहरुको सामाना गर्दै संगठनलाई अघि बढाउन आवश्यक छ ।’
नेता पौडेलेले भारत भरिका नगर सम्मेलनका अभियानले संगठन अझै बलियो र व्यापक हुँदै जाने र भारतस्थित श्रमिक नेपालीहरुको न्याय र अधिकारको लागि लड्ने संगठनको रुपमा मूल प्रवाहले आफ्नो ईतिहास बनाएको विचार व्यक्त गर्नु भयो।
मोहराज शर्माको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन गोकूल बहादुर गायक र स्वागत देवेन्द्र आचार्यले शब्द द्वारा र रक्तिमका कलाकारहरुले गीतबाट स्वागत गर्नु भएको थियो ।
भेलालाई लक्ष्मी देवी शर्माले सफलताको शुभकामना दिनु भएको थियो। सो भेलामा मूल प्रवाह केन्द्रीय सदस्य बालाकृष्ण गायक, क्षेत्रीय सदस्य नारायण शर्मा र हेम बिजीको आतिथ्यमा रहेको थियो ।
















