मूल प्रवाहको पल्लावरमको सातौं एरिया भेला सम्पन्न

चेन्नई दक्षिण, २९ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिद्वारा सञ्चालित चेन्नई दक्षिण नगर समिति अन्तर्गत पल्लावरम एरिया समितिको सातौं सम्मेलन पछिको प्रथम भेला सम्पन्न भएको छ ।

जीवन शर्माको सञ्चालन चेतन शर्माको अध्यक्षतामा दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेलको विशेष उपस्थिति क्षेत्रीय प्रतिनिधि उमानन्द चालीसे, क्षेत्रीय सदस्य खगराज आचार्यको अतिथि आशन ग्रहण ज्ञात अज्ञात सहिदहरूप्रति प्रस्ताव उपस्थित जनमानसलाई नबिना पौडेल बस्नेतले शब्दबाट स्वागत गर्नुभएको थियो ।

भेलाले जीवन शर्माको अध्यक्षतामा ९ पूर्ण २ वैकल्पिक र २ सल्लाहकार गरी १३ सदस्यीय रहेको एरिया समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– सीता आचार्य, सचिव– मिमलाल पौडेल, कोषाध्यक्ष– नविना वस्नेत र सदस्यहरूमाः विजय थापा, होमनाथ शर्मा, कृष्णप्रसाद शर्मा, चेतन शर्मा एक रिक्त, वैकल्पिक सदस्यमाः गोपाल पौडेल र एक रिक्त रहेको छ । सल्लाहकार सदस्य रिखिराम शर्मा र एक स्थान रिक्त रहेको छ ।

भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि लोकेन्द्र पौडेलले प्रवासस्थित मजदुरहरूको हकहितमा आवाज बुलन्द गर्ने भनेकै एउटा संगठन मूल प्रवाह हो र सबै भारत बर्षमा छरिएर रहेका नेपालीहरू मूल प्रवाहको झण्डा मुनि आबद्ध हुन आग्रह गर्नुभएको थियो । कार्यक्रम सफलताको शुभकामना दिनु हुनेमा नविना वस्नेत, सीता आचार्य र क्षेत्रीय प्रतिनिधि उमानन्द आचार्य रहनु भएको थियो ।

नव निर्वाचित समितिलाई क्षेत्रीय सदस्य खगराज आचार्यले कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार