चेन्नईको के.के. नगरमा एरिया भेला सम्पन्न

चेन्नई, २ अक्टोबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई दक्षिण नगर अन्तर्गत पर्ने के.के. नगर एरिया समितिको २४औं सम्मेलन पछिको दोस्रो भेला सम्पन्न भएको छ ।

भेलाले रोम बहादुर सापकोटा अध्यक्षतामा ९ पुर्ण, २ वैकल्पिक र २ सल्लाहकार गरि १३ के.के. नगर एरिया समिति गठन गरिएको छ ।

जसमाः उपाध्यक्ष– पदम प्रसाद भुस्माई, सचिव– कमल सापकोटा, कोषाध्यक्ष– मिना सापकोटा, सदस्यहरूमाः मिना परियार, सुन्दर परियार, कमला अधिकारी, निमा सापकोटा, हरि प्रसाद शर्मा रहनु भएको छ । वैकल्पिक सदस्यमा रुमा भुस्माई र सल्लाहकार सदस्य विष्णु शर्मा रहेको समितिको वैकल्पिक र सल्लाहकारमा एक एक स्थान रिक्त राखिएको छ ।

दक्षिण भारत क्षेत्रीय कोषाध्यक्षको विशेष उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन रोम बहादुर सापकोटा र अध्यक्षता मिना परियारले गर्नुभएको थियो । उपस्थित जनमानसलाई मिना सापकोटाले शब्दबाट स्वागत र निमा सापकोटाद्वारा सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार