फर्काैं ए ! साथी अब त २
कति पोख्नु बिदेशमा रगत २
आफ्नो देशका खेतबारी बन्जर हुँदै गछन्
देशका सबै जनशक्ति बिदेश तिरै धाछन्
सत्र घण्टा काम गर्दा दुःख कतिकति
पसिनाको मुल्य छैन काम गरे जति
फर्काैं ए ! ………………………..
कति पोख्नु …………………………
उधोग भित्र काम गर्दा अंगभंग हुँदा
पिडा बुझ्ने कोही छैन तड्पिएर रुँदा
बुढा भका बाबू आमा कुरि राछ्न पिंडि
पुरा हुन लागिसक्यो जिन्दगीको सिंडि
फर्काैं ए ! ………………………..
कति पोख्नु …………………………
साना साना घर हाम्रा भत्की सके गाउँमा
कति दुःख गर्ने सधैं यो अर्कैको ठाउँमा
श्रम र पसिनाले आफ्नै माटो सिंचौं
दुःख सुख जे भएनी आफ्नै देशमा बाचौं
फर्काैं ए ! ………………………..
कति पोख्नु …………………………
बाबु आमा जहान बाला अलपत्र पारी
बिदेशमा नजाउ कोही देशको सिमा तरि
भत्किएका चौतारी ती सजाउनु छ फेरि
देश छोडेका नेपालीलाई फर्काउ न क्यै गरि
फर्काैं ए ! ………………………..
कति पोख्नु …………………………