कोटी प्रसाद पोख्रेल
चेन्नई, मुल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति द्वारा संचालित चेन्नईको पुर्व ,पश्चिम ,उत्तर र दक्षिण नगर समितीको संयुक्त आयोजनामा ३१ अक्टुवर २०२४ का दिन जनवादी भैलो कार्यक्रम सम्पन्न भएको छ ।समाजका महासचिव प्रेम पौडेलको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्यहरु जनक राज पौडेल, चन्द्र बहादुर थापा, केशमान नेपाली, चन्द्रकान्त शर्मा, काशिराम शर्मा, खगेश्वर सुनार, महिला विभागबाट रुपा थापा र दक्षिण भारत क्षेत्रीय प्रतिनिधि उमानन्द चालिसेको अतित्यथा रहेको थियो ।
दक्षिण भारत क्षेत्रिय कोषाध्यक्ष लोकेन्द्र पौडेलको संचालन र क्षेत्रीय सदस्य बुद्विराम पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपस्थित जमानसलाई चेन्नई पुर्वका उपाध्यक्ष टीका थापाले स्वागत गर्नु भएको थियो । प्रमुख अतिथि महासचिव प्रेम पौडेले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उदघाटन गर्नु भयो । ”वहाँले मुल प्रवाहले भारतमा नेपाली जहाँ र जसरी रहे पनि हाम्रो परम्परा र संस्कृतिलाई जर्गेना गर्दै त्यसलाई प्रगतिशील रुपमा मनाउदै आएको छ । मूल प्रवाहको स्थापना काल देखी नै समाजमा भएका विकृती र विसंगतीको विरूद्ध जनजागरण गराउदै नेपालीलाई राष्ट्रियता र जनतन्त्रको आन्दोलनसंग जोडने काम गर्दै आएको स्मरण गराउदै अहिलेको द्यौसी भैलो पनि त्यही परम्परालाई अगाडी बढाउने एक कडी हो भन्नु भयो“ कार्यक्रमलाई मदन शर्मा, जनक राज पौडेल, चन्द्र बहादुर थापा, केशमान नेपाली, चन्द्रकान्त शर्मा, काशिराम शर्मा, खगेश्वर सुनार, रुपा थापा र उमानन्द चालीसेले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा सहभागी सबैलाई क्षेत्रीय सदस्य तथा चेन्नै उत्तर नगर अध्यक्ष गोपाल वि.क.ले मन्तव्यबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा सास्कृतीक विभागका कलाकारहरुद्वारा जनवादी भैलो, प्रगतिशल गित एवं नृत्यहरू प्रस्तुत गरिएको थियो ।