
बेंगलोर उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समितिको आयोजनामा ४६औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समितिका उपाध्यक्ष ओम बहादुर दाहालको सञ्चालनमा नगर समितिका सदस्य निर्मला दाहालको अध्यक्षता पछि अतिथि आसन ग्रहणमा मूल प्रवाह दक्षिण भारत क्षेत्रीय सदस्य धर्म पहरी क्षेत्रीय महिला विभागका सदस्य दुरा पहरीको आतिथ्यता पछि ज्ञात अज्ञात सहिदहरूको सम्मानमा एक मिनट मौनधारण पछि उपस्थित सम्पूर्णलाई शब्दबाट स्वागत नगर समितिका सदस्य सीता कुँवरले गर्नु भएको थियो ।
शुभकामना मन्तब्य वक्ताहरूमा मूल प्रवाह दक्षिण भारत क्षेत्रीय समितिका सदस्य धर्म पहरीले मूल प्रवाहको संक्षिप्त इतिहास बारेमा १९७९ देखि हालसम्मको बारेमा स्पष्ट गर्नुभएको थियो । अन्य अतिथिहरुले पनि आ–आफ्नो तर्फबाट शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।















