भोपालमा बर्ष २०२४ को देउसी भैलो समापन

कृष्ण पचभैया

भोपाल, मध्य प्रदेश । मूल प्रवाह अखिल भारत नेपाली समाज भोपाल नगर समितिद्वारा सञ्चालित बर्ष २०८१ को जनवादी देउसी भैलो अक्टूबर ३१ नोभेम्बर १, २, ३ र १० दिन गरि पाँच दिनसम्म भोपालमा बसोबास गर्ने नेपालीहरूको घर दैलोमा पुगी खेलिएको थियो । १२ नोभेम्बर २०२४ एकादशीको दिन सम्पूर्ण कलाकारको साथ सभा भवनमा घर दैलोमा छुटेका जनता तथा मूल प्रवाह भोपाल नगर समिति अन्तर्गत सम्पूर्ण सदस्यहरूलाई निमन्त्रण गरि देउसी भैलो खेलिएको थियो । त्यसै दिन बर्ष २०२४ को देउसी भैलो समापन पनि गरिएको थियो ।

कार्यक्रमको शुरुआत ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेटको मौनधारण गरि उपस्थित जनलाई स्वागत भाषण नगर उपाध्यक्ष केशब खडकाले गर्नुभएको थियो । उक्त देउसी भैलोको समापन कार्यक्रमको सञ्चालन श्रीमती सोनु थापाले गर्नुभएको थियो र अध्यक्ष्यता नगर समिति अध्यक्ष्य रमेश रानाले गर्नुभएको थियो ।

कार्यक्रम समापनको दिन अतिथिहरूमा केन्द्रीय समिति सदस्य ताल बहादुर खडका र मध्ये उत्तर भारत क्षेत्रीय समिति सचिव नारायण सापकोटा उपस्थित हुनुहुनुका साथै सम्पुर्ण उपस्थित जनलाई आफ्नो मन्तब्य र २०२४ (२०८१) को दीपावलीको शुभकामना दिनुभएको थियो ।

उक्त कार्यक्रममा रक्तिम संस्कृतिकका कलाकारहरूले विभिन्न नृत्य प्रस्तुत गरि उपस्थित जनलाई मनोरंजन दिएका थिए र अन्त्यमा सम्पुर्ण उपस्थित जनहरूले नृत्य र मनोरंजनमा सहभागी भई २०८१ को देउसी भैलो समापन कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार