एकता मञ्च उत्तर भारत राज्य समितिका सदस्य किसन खड्का मूल प्रवाहमा प्रवेश

कानपुर, १७ नोभेम्बर । अखिल भारत नेपाली एकता मञ्च उत्तर भारत राज्य समितिका सदस्य किसन खड्काले सो संगठन परित्याग गरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नुभएको छ । त्यसैगरि सोही संगठनका रवि सिंह र जमुना सिंह लामिछाने पनि मूल प्रवाहमा प्रवेश गर्नुभएको हो । खड्का लगायतका नेता कार्यकर्ताहरू कानपुर नगर समितिद्धारा आयोजित देउसी भैलो समिक्षा कार्यक्रममा मूल प्रवाहमा प्रवेश गरेको घोषण गर्नुभएको हो ।

वहाँहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य भिम बहादुर थापाले संगठनको सदस्यता प्रमाण पत्र हस्तान्तरण गर्नुको साथै अविर लगाएर स्वागत गर्नुभएको थियो ।

वहाँहरुले सो अवसरमा आफूहरु विगतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्य रहेको तर बीचमा विभिन्न प्रकारका भड्कावमा परि एकता मञ्चमा प्रवेश गरेता पनि मूल प्रवाह नै भारत प्रवासमा रहने नेपालीहरुको छाता संगठन भएको महशुस गरि पुनः मूल प्रवाह प्रवेश गरेको बताउनु भयो । वहाँहरुले मूल प्रवाहको विधान अन्तर्गत रहेर अनुशासित रुपमा संगठनको जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार