मूल प्रवाह भोपाल नगर समितिद्वारा सञ्चालित बर्ष २०८१ को जनवादी देउसी भैलो सम्पन्न

भोपाल । मूल प्रवाह अखिल भारत नेपाली समाज भोपाल नगर समितिद्वारा सञ्चालित बर्ष २०८१ को जनवादी देउसी भैलो अक्टुबर ३१ नोभेम्बर १, २, ३ र १० पाँच दिनसम्म भोपालमा बसोबास गर्ने नेपालीहरूको घर दैलोमा पुगी खेलिएको थियो र १२ नोभेम्बर २०२४ एकादशीको दिन सम्पूर्ण कलाकारको साथ सभा भवनमा घर दैलोमा छुटेका जनता तथा मूल प्रवाह भोपाल नगर समिति अन्तर्गत सम्पूर्ण सदस्यहरूलाई निमन्त्रण गरि देउसी भैलो खेलिएको थियो र त्यसै दिन बर्ष २०२१ को देउसी भैलो समापन पनि गरिएको थियो ।

कार्यक्रमको शुरुआत ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेटको मौनधारण गरि उपस्थित जनसमुदायलाई स्वागत भाषण नगर उपाध्यक्ष केशब खडकाले गर्नुभएको थियो ।

उक्त देउसी भैलोको समापन कार्यक्रमको सञ्चालन श्रीमती सोनु थापाले गर्नुभएको थियो र अध्यक्ष्यता नगर समिति अध्यक्ष्य रमेश रानाले गर्नु भएको थियो ।

कार्यक्रम समापनको दिन अतिथिहरूमा केन्द्रीय समिति सदस्य तालबहादुर खड्का र मध्य उत्तर भारत क्षेत्रीय समिति सचिव नारायण सापकोटा उपस्थित हुनुका साथै सम्पुर्ण उपस्थित जनसमुदायलाई आफ्नो मन्तब्य दिनुभएको थियो ।

उक्त कार्यक्रममा रक्तिम संस्कृतिकका कलाकारहरूले विभिन्न नृत्य प्रस्तुत गरि सहभागि मनोरंजन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार