पुना, १५ डिसेम्बर । ‘प्रवासी नेपालीहरुको मताधिकार एवं समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं, भारतस्थित नेपालीहरुको हकहित र सामाजिक सुरक्षाको लागि संगठित बनौं’ भन्ने मुलनाराका साथ पुना पुर्व नगर समितिको प्रथम सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनलाई केन्द्रीय अध्यक्ष ठाकुर खनालले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो । खनालले सम्बोधनको क्रममा– देशको विकास प्रगतिको लागि जनताको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । ‘आज विकासित मानिएका देशहरू पनि पहिले गरिब नै थिए । त्यहाँका जनताको कडा परिश्रमले ती देशहरूको विकास भएको हो ।’ अध्यक्ष खनालले भन्नु भयो– ‘आर्थिक उन्नति र विकासको लागि श्रमजीवी जनशक्ति आवश्यक हुन्छ । हाम्रो देशको उन्नतिको बाधक रहेका साम्राज्यवादी शक्तिहरु नेपाललाई आत्मनिर्भर बन्न नदिन अनेकन सन्धि सम्झौता गर्दै नेपालको युवाहरुलाई देशबाट पलायन गराई रहेका छन् ।’
युवाहरूको वैदेशिक पलायनको लागि साम्राज्यवादीहरु मात्रै जिम्मेवार नभएर देशका आफुलाई ठूला पार्टी भनाउँदा र सत्तामा पुगि सत्ताको रसास्वादन गरेका दलहरू पनि उत्तिकै जिम्मेवार रहेको खनालको भनाई थियो ।
‘विदेशमा नेपालीहरुको अवस्था, भारत लगायत खाडी मुलुक, मलेसिया आदि देशमा अत्यन्तै नाजुक छ । युरोप अमेरिका आदि देशमा गएकाहरु पढे लेखेका युवाहरू झन राष्ट्रियता नै परित्याग गरि पलायन भै रहेका छन् ।’ खनालले अगाडि भन्नु भयो– ‘देशमा साम्राज्यवादी र उनका दलालहरुको ब्रह्मलुट मौलाई रहेको छ । भ्रष्टाचारका रिकार्ड तोड्न प्रतिस्पर्धा गरेका छन् ।’
‘सत्तासिन दलालहरूले चाहँदैनन् कि युवाहरू स्वदेशमै रहुन्, यदी युवा शक्ति देशमा रहे भने उनीहरूको ब्रह्मलुटको विरुद्ध युवाहरुमा विस्फोट हुन्छन् ।’ अध्यक्षले भन्नु भयो– ‘हामी प्रवासी नेपालीहरुका रोजगारको बाध्यताले विदेशमा बस्न बाध्य भएता पनि आफ्नो देशको राष्ट्रियता जनतन्त्र जनजिविकाको रक्षाको लागि गोलबन्द हुँदै नेपालमा आमूल परिवर्तनको क्रान्तिकारी भूमिका निर्वाह गर्नु पर्दछ ।’
पुना पुर्व नगर समितिको प्रथम सम्मेलनले राम बाजीको अध्यक्षतामा १५ पूर्ण पाँच बैकल्पिक र पाँच सल्लाहकार गरि २५ सदस्यीय पुना पूर्व नगर समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– जनक भूल, सचीव– अरुण ताम्राकार, सहसचिव– दिपक कार्की, कोषाध्यक्ष– चक्रबहादुर विक, सदस्यहरुमाः दिलीप विश्वकर्मा, धन बहादुर विक, खेम बहादुर राउत, प्रकाश बुढाथोकी, नवीन महतरा, तेजबहादुर विक, कालु भूल, विजय विक, राम प्रसाद अवस्थी, उज्वल भूल, वैकल्पिक सदस्यः बेलसिंह परियार, दिपक अवस्थी, सिवी विक, रोहित शर्मा र चन्द्र विक रहनुभएको छ । त्यस्तै सम्मेलनले प्रकाश जेठारा, खिमलाल भण्डारी, रवि थापा, दिप विक र कविता शर्मालाई सल्लाहकार चयन गरेको छ ।
नगर समिति अन्तर्गत कविता शर्माको संयोजकत्वमा १३ सदस्यीय नगर महिला विभाग गठन गरिएको छ । अन्य सदस्यहरुमाः लक्ष्मी विश्वकर्मा, जुलु भूल, मिना खनाल, पदमा देवी, मिना विक, नरु परियार, लक्ष्मी परियार, श्रीजना भट्टराई, दिपा अधिकारी, नरु नेपाली, सरस्वती नेपाली र एक स्थान रिक्त रहेको छ ।
नवनिर्वाचित समिति एवं महिला विभागको घोषणा केन्द्रीय सदस्य गोविन्द थापाले गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता धन बहादुर बिकले र संचालन दिपक अवस्थी गर्नुभएको थियो भने स्वागत दिलीप बिकले गर्नुभएको थियो ।
केन्द्रीय सदस्य टंक कुवर, क्षेत्रीय अध्यक्ष श्याम तरामु, केन्द्रीय साँस्कृतिक विभागका बोम सिंजाली, क्षेत्रीय महिला विभागकी सुनिता पुन, पुना पश्चिम नगर समितिबाट राम चन्द्र केसी रायगढ नगर समितिबाट भिमा थापा, मुम्बई नगर समितिबाट चन्द्र सिंह नेपालीले आतित्थ्यता एवं शुभकामना मन्तव्य दिनुभएको थियो ।