पुना, १६ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना पश्चिम नगर समितिको आठौं सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनमा केन्द्रीय समितिका अध्यक्ष ठाकुर खनालको प्रमुख आतित्थ्यता रहेको थियो । देशको आर्थिक, राजनैतिक र सामाजिक अवस्थाले गर्दा जनसंख्याको एक तिहाइ जनसंख्या विदेशमा भौतारिनु नेपालीहरूको रहर बाध्यता भएको खनालको भनाई थियो ।
‘घरमा बाल बच्चा हुर्काउन लागेको ऋण त हामीलाई थाह छ, तर के हामीलाई सरकारले हाम्रो नाममा लिएको ऋणको कुनै अन्दाजा छ ? हाम्रो देशमा कुनै नवजात शिशु जन्मिदै ८६–८७ हजार ऋणको भागीदार हुन्छ ।’ अध्यक्ष खनालले भन्नु भयो– ‘सरकारले हाम्रो नाममा लिएको ऋण देशको वार्षिक बजेट भन्दा धेरै भैसक्यो । सरकारले ऋण ल्याउने अनि ठूला भनाउदा दलका नेताहरूले ब्रह्मलुट गर्ने, मौज गर्ने गरेका छन ।’ देशको विकास गर्ने आत्मनिर्भर बनाउने भन्दा पनि साम्राज्यवादीहरू समक्ष घुटा टेकी राष्ट्रिय स्वाभाविमान ढुट्टो पार्ने नेपालका सत्तासिन राजनीतिक दलहरूको नियती भइरहेको खनालको थप भनाई थियो ।
‘अहिले राजावादीहरूले भ्रष्टाचारको विरोध गरेको देखिन्छ तर विगतको राजतन्त्रात्मक व्यवस्था संझिने भने त्यसबेला पनि कम भ्रष्टाचार थिएन, अहिले कम्तीमा भ्रष्टाचारको विरुद्धमा आन्दोलन संगठित गर्न सकिन्छ । तर राजतन्त्रको समयमा भ्रष्टाचारको विरोध गर्ने त परै जावस कुनै बोल्ने लेख्नेलाई राजद्रोहको मुद्दा लगाउने र जेल सजाय र हत्यासम्म हुने गर्दथ्यो ।’ खनालले अगाडि भन्नु भयो– ‘अहिले उनीहरू आफ्नो गुमेको स्वर्ग हासिल गर्न भ्रष्टाचारको विरोध गरे जस्तो गरेका छ्न । यो अवस्थामा विदेशमा बसेका हामीहरू आफ्नो निहित स्वार्थमा मात्रै हैन राष्ट्रको लागि सचेत र संगठित भै परिवर्तनको लागि काम गर्नु पर्ने आवश्यकता छ ।’ त्यसको लागि मूल प्रवाहले स्थापना कालदेखि नै भुमिका खेल्दै आएको खनालको भनाई थियो ।
नवनिर्वाचित समितिको घोषणा क्षेत्रीय सचिव बोम सिंजापतीले गर्नु भएको थियो ।
जसमाः अध्यक्ष– रामचन्द्र केसी, उपाध्यक्ष– महेन्द्र थापा, सचीव– सुर्य केसी, सहसचिव– अनिल परियार, कोषाध्यक्ष– विष्णु पुलामी, सदस्यहरूमाः सेर बहादुर पुलामी, धनसिंह राहदी, मेघराज कुँवर, खिम कुँवर, कृष्ण परियार, ओम राना, नेत्रलाल तरामु, दिनेश सिंजापती, छन्द बहादुर परियार, बैकल्पिक सदस्यमा : ओलजित राना, निसान तरामु, तिलक सारु, निसान परियार र विशाल परियार रहनुभएको छ । त्यस्तै सम्मेलनले भिम बहादुर घर्ती, हरिसिंह राना, रोमबहादुर फौजा, पिताम्बर लम्साल र भिम कुँवरलाई सल्लाहकार चयन गरिएको छ ।
महिला विभागःत्यस्तै सम्मेलनले विष्णु पुलामी मगरको संयोजकत्वमा महिला विभाग पनि चयन गरिएको छ । त्यस्तै सदस्यहरूमा लक्ष्मी बिटालु, शारदा नेपाली, निता थापा, इन्द्रा भण्डारी, मिना योगी, बालिका केसी, जमुना परियार, विमला तमाङ, सरस्वती कुँवर, बसन्त बुढाथोकी, तुलसी सारु र एक स्थान रिक्त रहेको छ ।
नवनिर्वाचित समितिलाई केन्द्रीय सदस्य गोविन्द थापा, केन्द्रीय प्रतिनिधि एवं क्षेत्रीय कोषाध्यक्ष अनन्त राहाडीले केन्द्रीय सदस्य टंक कुवर, क्षेत्रीय अध्यक्ष श्याम तरामु, क्षेत्रीय सदस्य खेम बहादुर राउत, पुना पूर्व नगर समितिबाट धनबहादुर बिक, महिला क्षेत्रीय विभागबाट सुनिता पुन, रायगढ नगर समितिबाट ज्ञानु राहदी, मुम्बई नगर समितिबाट खचन्द्र सिंह नेपालीले बधाई तथा शुभकामना दिनुएको थियो।