चेन्नई । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च चेन्नईको आयोजनामा विश्वसर्वहारा वर्गका महान नेता का. माओको १३२औं जन्मदिवस भव्य रूपमा सम्पन्न भएको छ।
सभालाई प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य केशमान नेपालीले सम्वोधन गर्दै अन्तर्राष्ट्रीय रुपमा नै माक्र्सवाद, लेनिनवाद तथा माओविचारधारा रक्षात्मक अवश्थामा रहेको अवस्थामा विभिन्न खाले वामपंथी अवसरवादीहरु नव संशोधनवादीहरू र व्यक्तिवादीहरूले समेत कम्युनिस्ट आन्दोलनलाई विभिन्न प्रकारबाट कमजोर बनाउँदै आइरहेको बताउनु भयो । माओ विचारधाराको सही विश्लेषणबाट मात्र विश्व कम्युनिष्ट आन्दोलनले दरो रुप लिने बताउनुभयो।
सभालाई सम्बोधन गर्दै मूल प्रवाह केन्द्रीय सल्लाहकार सदस्य काशीराम शर्माले माओको जीवनी र उहाँले विश्व सर्वहारा वर्गको निमित्त खेलेको भूमिका बारे स्पष्ट स्पष्ट पार्दै माओ विचारधारा रक्षात्मक अवस्थामा रहेको बेला सच्चा कम्युनिस्टहरूको लागि माओ विचारधारा को रक्षा गर्दै अगाडि बढ्ने अवस्था रहेको बताउनुभयो।
कार्यक्रम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समिति र उत्तर नगर समितिको संयुक्त आयोजनामा सम्पन्न भएको थियो
कार्यक्रमको अध्यक्षता डिल बहादुर जिएमले र सञ्चालन बुध्दिराम पौडेलले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई रक्तिम सांस्कृतिकका कलाकारहरूले स्वागत गर्नुभएको थियो । कार्यक्रममा कमला नेपाली र देबि नेपालीले शुभकामना मन्तव्य राख्नुभएको थियो।