सुरतमा मूल प्रवाहको आयोजनामा खुल्ला पुरुष क्रिकेट प्रतिस्पर्धा सम्पन्न

सुरत, १४ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत रहेको खेल बिभागको आयोजनामा खुल्ला क्रिकेट प्रतिस्पर्धा सम्पन्न भएको छ । खेलको उद्घाटन केन्द्री सदस्य गोबिंद बहादुर थापाले पिचमा ब्याट र बल हानेर गर्नुभएको थियो ।

उद्घाटन मन्तब्य राख्दै प्रमुख अतिथि थापाले मूल प्रवाह प्रवासमा रहेका हरेक नेपालीको अभिभावक संगठन भएर खरो रूपमा उभिने एक मात्र संगठन भएको बताउनु भयो । थापाले सबै नेपालीहरुले मूल प्रवाहको सदस्यता लिएर संगठनमा जोडिन आव्हान गर्नुभएको थियो ।

खेल विभागका संयोजक प्रकाश जनालाको अध्यक्षता एवं पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, केन्द्रीय सल्हाकार सदस्य धुर्व न्यैपाने, पश्चिम भारत क्षेत्रीय सदस्य निखिल रावत, पुर्ण बिक, सुरत महिला विभाग कि संयोजक शान्ती तिरुवा लगायतको आतित्थ्यता रहेको थियो ।

प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा किसन पार्की क्याप्टन रहेको के टाइगर प्रथम र दिपेश परियार क्याप्टन रहेको सान्निकोट युवा क्लव दितिय भएको थिए । यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका प्रकाश सोनीलाई उत्कृष्ट खेलाडीको पुरस्कार प्रदान गरिएको थियो । विजयी टिमहरुलाई गोबिंद बहादुर थापाले सिल्ड र मेडलको साथ अविर टिका लगाएर सम्मान गर्नुभएको थियो । दितिय सान्निकोट युवा क्लवलाई बेद बहादुर काकीले अविरल टिका सिल्ड मेडलले सम्मान गर्नुभएको थियो । उत्कृष्ट खेलाडी प्रकाश सोनीलाई धुर्व न्यैपाने, प्रकाश जनाला र पुर्ण बिकले सम्मान गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन नगर सचिव भिम साउदले र स्वागत राज पार्कीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार