कोट्याम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिका सदस्य छविलाल कार्की र एट्टमान्नुर एरिया समितिका अध्यक्ष नारायण कार्की पितृशोकमा पर्नुभएको छ ।
बागलुङ काठेखोला गाउँपालिका–७ निवासी कार्कीद्वयका ७९ वर्षीय पिता रविलाल कार्कीको कोट्याम मेडिकल कलेजमा जनवरी १४, २०२५ बेलुका निधन भएपछि उहाँहरू शोकमा पर्नुभएको हो ।
जनवरी १५ का दिन आवश्यक औपचारिक कार्य सम्पन्न गरी एसएनडिपी घाट उहाँको दाहसंस्कार गरिएको छ।
दाहसंस्कारस्थलमा केन्द्रीय सदस्य चोबनाथ शर्मा, दक्षिण भारत क्षेत्रीय समितिका सहसचिव धर्मराज शर्मा, क्षेीत्रय सदस्य भद्रबहादुर थापा, नगर समितिका धनकुमारी केसी, डिलबहादुर राना, जङ्गबहादुर थापालगायत आफन्तजन, इष्टमित्र तथा स्थानीय बासिन्दाको उपस्थिति थियो ।