नेल्लोरमा ११५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो

नेल्लोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर महिला विभागको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय महिला दिवस र नगर समितिको आयोजनामा संघीयता विरुद्ध काठमाडौ केन्द्रीत आन्दोलनप्रति प्रचारात्मक तथा ऐक्यवद्धता सभा सम्पन्न भएको छ ।

कार्यक्रम भुमा देवि केसीको अध्यक्षता र सुभद्रा केसीको सन्चालनमा अगाडि बढेको थियो । कार्यक्रममालाई केन्द्रीय वैकल्पिक सदस्य ठाकुर प्रसाद केसी, दक्षिण भारत क्षेत्रीय सदस्य देविराम केसी, क्षेत्रीय सल्लाहकार डिल बहादुर बसेलले सम्बोधन गर्नुभएको थियो ।

त्यस्तै नर बहादुर सुनार, रुकमान खड्का, गोर बहादुर केसी, फुर्सी सुनार, मनिराम पुनले पनि कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

सरस्वती सुनार र रक्तिम कलाकारहरूले स्वागत गर्नु भएको थियोे । रक्तिमका कलाकारहरूले बीच बीचमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार