कोट्टयाम नगरले आठ मार्च र ऐक्यद्वता कार्यक्रम गर्याे

कोट्टयाम केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति र नगर महिला बिभागको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र संघीयत विरुद्ध राजधानी (काठमाण्डौ) केन्द्रीत आन्दोलनको प्रचारात्मक तथा ऐक्यबद्वता कार्यक्रम सम्पन्न पारिएको छ ।

कार्यक्रममा विभिन्न बक्ताहरूले आठ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको बारे महिलाहरूका समस्या भारतस्थित नेपालीहरू संगठित हुनुपर्ने आबस्क्ता नेपालमा संघीयता खारेजिको मागसँगै विभिन्न समसामईक बिषयहरू मन्तब्य राख्नुभएको थियो ।

सम्झना श्रीस थापाको अध्यक्षता र कुमारी थापाको सञ्चालनबाट अगाडि बडेको संयुक्त कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय सहसचिव धर्मराज शर्मा, क्षेत्रीय सदस्य तथा नगर अध्यक्ष भद्र बहादुर थापा, क्षेत्रीय सदस्य धनकुमारी केसी, क्षेत्रीय सदस्य मनोज जिसी, क्षेत्रीय महिला बिभागिय सदस्य खिरमयाँ थापा, नगर सदस्य एकराज पौडेलको अतित्थ्यता रहेको थियो ।

कार्यक्रममा ज्ञात अज्ञात सहिदहरूप्रति एकमिनट मौनधारण पश्चात् उपस्थित जनसमुदायहरूलाई सुनिता चालिसेले शब्दबाट स्वागत गर्नुभयको हो ।

जंग बहादुर थापा, गणेश परियार, तारादेबि पुन, डिल बहादुर राना, शरिता नेपाली, संजय जिसि, कल्पना नेपाली, गिता बिष्ट, कौसिला देबि परियार, लक्ष्मि पौडेल, जमुना पौडेलले शुस्भकामना मन्तब्य राख्नु भयको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार