
कोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत कोचीन नगर समितिले ९ मार्च २०२५ का दिन संघीयता बिरुद्ध राजधानी (काठमाडौ) केन्द्रीत आन्दोलनको प्रचारत्मक तथा ऐक्यवद्धता कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई क्षेत्रीय सदस्य जुगराज राहु मगरले प्रमुख आसनबाट सम्बोधन गर्नुभएको थियो । त्यस्तै क्षेत्रीय समिती बैकल्पिक सदस्य जनक बिसी, केन्द्रीय परिषद सदस्य बाबुराम केसी, नगर समिति सदस्य जनजाति बिभागबाट जगत सारु मगर, समता बिभागबाट गोबिन्दा सुनार, नगर सदस्य गोबिन्दा रिजाल, महिला नगर सदस्य सान्ता बिसी, साबित्रा घर्ती मगर, अखिल भारत नेपाली विद्यार्थी संघको तर्फबाट परिबर्तन बिसी, नगर सल्लाहकार सेर बहादुर बिसीले पनि मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन नगर समिति सचीव आशराम घर्ती, तथा नगर अध्यक्ष गणेश शर्माको अध्यक्षता र केन्द्रीय परिषद सदस्य जानकी बिसीको स्वागत मन्तव्यबाट कार्यक्रम अगाडि बढेको थियो ।