
चिदम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिको आयोजनमा नेपालमा राष्ट्रिय जनमोर्चाले चैत्र २४ देखि ३० सम्म सञ्चालन गर्ने ‘संघीयता विरुद्ध राजधानी केन्द्रीत आन्दोलन’ प्रति प्रचारात्मक एवं ऐक्यवद्धता सभा सम्पन्न भएको छ ।
गोकूल बहादुर गायकको उदघोषक, सुर्यमान गिरीको अध्यक्षता, केन्द्रीय सदस्य बालाकृष्ण गायक र क्षेत्रीय सदस्य हेम बहादुर गन्धर्वको आथित्यता रहेको उक्त ऐक्यवद्धता सभामा उपस्थित सम्पूर्ण जनसमुदायहरूलाई शब्दद्वारा प्रेम प्रसाद पराजुली र रक्तिम सांस्कृतिक कलाकारले गितद्धारा स्वागत गर्नु भएको थियो भने नगर महिला विभागकी खेम कुमारी जिसीले सभालाई शुभकामना दिनु भएको थियो।
ऐक्यवद्धता सभाका केन्द्रीय सदस्य बालाकृष्ण गायकले प्रमुख अतिथिको आसनबाट बोल्दै– देशको अर्थतन्त्रले धान्नै नसक्ने र राष्ट्रिय अखण्डता नै विखण्डन गराउने संघीयता नेपालमा आवश्यकता नभएको समयले प्रमाणित गरिसकेको छ ।’ वहाँले अगाडि भन्नु भयो– ‘राष्ट्रिय जनमोर्चाले चलाउने संघीयता विरुद्ध राजधानी केन्द्रीत आन्दोलन संघीयता खारेजी आन्दोलन हो ।’
सभाका क्षेत्रीय अतिथि हेम बहादुर गन्धर्वले संघीयताले देशमा संकट मात्र निम्ताउने भएकोले भारत प्रवासमा हुने संघीयता विरुद्ध ऐक्यवद्धता सभाले संघीयता विरुद्धको आन्दोलनलाई थप बलियो सहयोग पुग्ने बताउनु भयो ।