
चिदम्बरम भारत । भारतको तमिलनाडु कड्डालुरमा कार्यरत होमबहादुर जिसी र खेमकुमारी जिसीलाई कम्पनीबाट अवकाश लिने अवसरमा कम्पनीमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीले सेवानिवृत्त समारोह आयोजना गरी बिदाई गरिएको छ ।
मार्च २९, २०२५ का दिन विष्णुप्रसाद शर्माको अध्यक्षता, हेम बिजीको सञ्चालनमा अघि बढेको बिदाई समारोहमा दुवै सम्मानित व्यक्तित्वको आतिथ्यसँगै उहाँहरूलाई चन्दनमाला, दोसल्ला र अबिर लगाएर सम्मान गरिएको थियो ।
समारोहमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य बालाकृष्ण गायक, चिदम्बरमका निवर्तमान सदस्य अशोक विक र प्रवासी नेपाली सङ्घका इन्द्रराज आचार्यले मन्तव्य राख्नुभएको थियो ।
सन् १९८४ मा एकता समाजको सदस्य लिनुभएको होमबहादुर चिदम्बरम नगर समितिअन्तर्गत सेतियातोप एरिया समितिमा र खेमकुमारी नगर महिला विभागमा कार्यरत हुनुहुन्छ ।
होमबहादुर जिसी दम्पती बागलुङ जैमिनी नगरपालिका वडा नम्बर ९ घ्युरचौर निवासी हुनुहुन्छ ।
















