
काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलन र जातीय समता समाजको केन्द्रीय कार्यालयले आफ्नो अड्तिसौँ स्थापना दिवस संयुक्त रूपमा मनाएका छन् ।
राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय भवन कपनमा २०८२ वैशाख ३ गते बुधबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरी हुनुहुन्थ्यो ।
स्थापना दिवसमा प्रमुख अतिथि पुरीसँगै राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्मा, जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, राजमो केन्द्रीय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष लाबहादुर थापा र अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय कोषाध्यक्ष पुरुषोत्तम कार्कीले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल प्रगतिशील लेखक सङ्घका अध्यक्ष समीर सिंह, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य दावा लामा, युगदर्शन मिडियाका व्यवस्थापक हरिकान्त शर्मा, राजमो काठमाडौँका सचिव छवि खनाल र राजमो भक्तपुरका नेता ईश्वरी शमाको आतिथ्य रहेको थियो ।
समता समाजका महासचिव भक्त विकको अध्यक्षता तथा जनजाति सम्मेलनकी सचिव उषा पुनको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई समता समाज काठमाडौँका अध्यक्ष काशिराम नेपालीले स्वागत गर्नुभएको थियो ।


















