बेंगलोरमा नेकपाको ७७औं स्थापना र लेनिनको १५६औं जन्म दिवस मनाइयो

बेंगलोर । अन्तर्रास्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मञ्च बेंगलोरको आयोजनामा नेकपाको ७७औं स्थापना तथा का. लेनिनको १५६औं जन्म दिवस कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य नरेश कुमार बिकले विश्व सर्वहारा वर्गका नेता क.लेनिनले कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिका र नेकपाको स्थापना दिवस बारे संक्षिप्तमा स्पस्ट गर्नु भएको थियो ।

दक्षिण भारत क्षेत्रीय उपाध्यक्ष दसरथ बिकले का.लेनिनको जिबनी बारे संक्षिप्तमा जानकारी गर्नु भएको थियो । अन्य वक्ताहरुमा महिला बिभागबाट पार्वती बिक. विद्यार्थी बिभागका सुनिल बिक, नगर समितिका सदस्य रमिला जाग्रिले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण नगर समितिका अध्यक्ष बलराम कोलीको अध्यक्षता र नगर समितिका सचिब दान बहादुर पहरीको सञ्चालन पछि नगर कोषाध्यक्ष रामेश बिकले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार