
लाड्रुम्बाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लाड्रुम्बाई नगर समितिको सातौैं सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनको उद्घाटन महासचिव प्रेम पौडेलले गर्नुभएको थियो । पौडेलले भारतव्यापी रुपमा सम्पन्न भइरहेको नगर सम्मेलन अभियान लाडरुम्बाईस्थित कोइला मजदुरहरुका बीचमा सम्पन्न गर्नु पाउनु संगठन र व्यक्तिगत रुपमा पनि आफूलाई गौरवान्वित भएको बताउनु भयो ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कपिल खनाल, पश्चिमोत्तर क्षेत्रीय कलाकार निरु पुन, स्थानीय धनबहादुर गतराज, विबेक शर्मा, मायाँ बस्नेत लगायतले आतित्थ्यता एवं शुभकामना मन्तव्य दिनुभएको थियो ।

हरि केसीको सञ्चालन तथा इन्द्र राईको अध्यक्षताबाट अगाडि बढेको सो सम्मेलनमा सहभागिहरुलाई मोहन ठकुरीले स्वागत गर्नुभएको थियो ।
सम्मेलनले हरि केसीको अध्यक्षतामा ११ पूर्ण र ३ सल्लाहकार गरि १४ सदस्यीय लाडरुम्बाई नगर समिति निर्वाचित गरेको छ । जसमाः उपाध्यक्ष– धनेश्वर राई, सचिव– मोहन ठकुरी, सहसचिव– तिर्थ बहादुर राई, कोषाध्यक्ष– निलुहाङ लिम्बु, सदस्यमाः साइला तमाङ, सिवी लामा, सन्तमायाँ राई, इन्द्र बहादुर राई र दुई स्थान रिक्त रहेको छ । त्यस्तै सल्लाहकारमा त्रिबेणी राई र ललित मगर रहनुभएको छ । सल्लाहकारको स्थान रिक्त राखिएको छ ।
















