चेन्नई उत्तरमा टोल समिति गठन

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई उत्तर नगर समितिद्वारा सञ्चालित अल्वारपेट एरिया समिति भित्रपर्ने कस्तुरी रंगारोडमा रहने प्रवासी नेपालीहरुको बीच उत्तर नगर समितिका सदस्य भवानी प्रसाद गोराथोकीको पहलमा र केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय सचिवालय सदस्य काशीराम शर्माको विशेष उपस्थितिमा कस्तुरी रंगा रोड टोल समिति गठन गरिएको छ ।

कार्यक्रम तिलकराम कालाथोकीको अध्यक्षता, मानबहादुर केसीको सञ्चालन, ज्ञात अज्ञात सहितहरूप्रति एक मिनेट मौनधारणा प्रस्ताव उपस्थित जनमानसलाई गुरुप्रसाद बस्यालले शब्दबाट स्वागत गर्नुभएको थियो ।

भेलामा केन्द्रीय सल्लाहकार एवं क्षेत्रीय सचिवालय सदस्य काँशीराम शर्माले मन्तव्य दिनुभएको थियो । भेलाले तिलकराम कालाथोकीको अध्यक्षतामा ११ सदस्यीय टोल समिति गठन गरिएको छ । जसमा : उपाध्यक्ष– भवानीप्रसाद गोराथोकी, सचिव– गुरु प्रसाद बसेल, सहसचिव– सन्तोष कार्की, कोषाध्यक्ष, पदम प्रसाद अधिकारी, सदस्यहरूमाः मान बहादुर केसी, श्याम सापकोटा, तुलाराम पौडेल, फोनराम गोराथोकी, वैकल्पिक सदस्यमा शरद कुमार रावत, एक स्थान रिक्त रहेको छ ।

नवनिर्वाचित साथीहरूलाई काशीराम शर्माले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो॥

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार