
वर्धा नागपुर, 3 जुन 2025
चेन्नईबाट नेपाल फर्कने क्रममा, महाराष्ट्रको नागपुर नजिकैको बर्धा रेलवे स्टेसनमा प्यूठान नगरपालिका वार्ड नं 4 टाडी रापडाडा , निवासी, वर्ष 23 का हेमराज आचार्यको असामयिक निधन भएको थियो।
रेलवे पुलिसले साथमा रहेको कागजातको आधारमा मृतकको पहिचान गरी चेन्नईमा रहेको आफन्त राम आचार्यलाई जानकारी गराएको थियो । नयाँ ठाँउ भएको हुदा राम शर्मा आचार्यले नेपालमा मूल प्रवाहका पूर्व कार्याकर्ता शिव पंथी, पितम्बर पुलामीलाई खबर गरि केहि सहयोगको लागि केहि हुन सक्छ की भने पछि वहाँहरूले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालसंग सम्पर्क गर्नु भयो । केन्द्रिय अध्यक्षबाट बर्धा नगर समितिका अध्यक्ष विजय बिष्टज्यूलाई घटनास्थलमा पठाउने काम भयो । वहाँले तुरुन्तै घटनास्थल पुगेर सम्पूर्ण अवस्था बुझ्नु भयो, आवश्यक कानुनी प्रक्रिया अघि बढाउन कागजातहरू नेपालबाट मगाउन पहल गर्नुभयो र संगठनको लिखित जिम्मेवारीमा कानुनी प्रक्रिया पूरा गरे पछि मूल प्रवाह नगर विजय बिष्टले एवं मूल प्रवाह नगरका साथीहरूको उपस्थितिमा बर्धा रेलवे पुलिसबाट औपचारिक हस्तान्तरण लिए पछि हेमराज आचार्यको अन्तिम दाहसंस्कार गरियो ।
















