
पाण्डेचरी, 2-8-2025
पाण्डेचरीमा संगठनको स्थापना काल देखि नै काम गर्दै आएका गणेश बहादुर केसी पुन मूल प्रवाहमा प्रवेश गर्नु भएको छ ।वहाॅलाई दक्षिण भारत क्षेत्रीय सल्लसकार तथा नगर अध्यक्ष गोगिन्द शर्माले सदस्यता प्रदान गर्दै मूल प्रवाहमा प्रवेश गराउनु भएको हो ।
मूल प्रवाहको सदस्यता ग्रहण गर्दा गणेशबहादुर केसीले भन्नु भयो, “संगठन भित्र मतभेद चलेको बेला कतिपय पारिवारीक समस्या एवं कतिपय साथिहरुको बिचको असमझदारी पैदा भएको हुदा पछि मैले अर्को पक्षलाई साथ दिन पुगेर कथित अखिल भारत नेपाली एकता समाजको सदस्यता लिएको थिए । तर उक्त संगठनको सदस्यता लिए पछी न मलाई कुनै समितिमा आबद्ध गराईयो नत संगठनको नीति सिद्धान्तको बारेमा जानकारी गराईयो । पत्र पत्रिका मार्फत उनको गतिविधी बारेमा प्राप्त जानकारी अनुसार उनीहरू समाजको संगठनात्मक पद्धती, निती सिद्धान्त, परिवर्तन आदी भन्दा फुटप्रस्त सोचले काम गरेको पाए अतः पनि मलाई अस्त बस्त रहन मन लागेन र आज मिति 2-8-2025 का दिन पान्डेचरि नगरमा स्थापना काल देखि काम गर्दै आएको आफ्नो मूल संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्यता लिई पुन आफ्नो घर र जिम्मामा प्रवेश गरेको छु” भावि दिनहरूमा संगठनले दिएको जिम्मेवारी पुरा गर्ने भरपुर प्रयास गर्ने छु भनी प्रतिवद्धता प्रकट गर्नु भएको छ ।
















