बेंगलोर दक्षिणमा मूल प्रवाहको तिज कार्यक्रम सम्पन्न

बेंगलोर, 24 अगस्त 2025 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर दक्षिण नगर समिति महिला बिभागको आयोजनामा 2082 सालको तिज कार्यक्रम प्रगतिशिल रुपमा सम्पन्न भएको छ ।

महिला बिभाग संयोजक राजु देवि बि.क.को अध्यक्षता तथा महिला बिभाग सदस्य कल्पना ऐरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अतिथी आसन ग्रहण गर्नेहरुमा प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय उपाध्यक्ष जनकराज पौडेल, विशिष्ठ अतिथि केन्द्रिय सदस्य बालकृष्ण गायक, केन्द्रिय सदस्य नरेश कुमार बि.के., दक्षिण भारत क्षेत्रीय उपाध्यक्ष्य दसरथ बि.क., क्षेत्रीय सदस्य धर्म पहरी, मान बहादुर बि.क., पार्वती बि.क., ओम बहादुर दाहाल, तिलक के.सी. रमेश राम बि.क .क्षेत्रिय महिला बिभाग का सदस्य दुरा पहरी, रक्तिम सांस्कृतिक क्षेत्रिय बिभाग सदस्य रामराज पौडेल. वरिष्ठ कलाकार शान्ति परियार. अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रिय समिति सदस्य सन्तोष कुमार पहरी, अखिल भारत नेपाली विद्यार्थी संघ बेंगलोर नगर सदस्य सुरेश बि.के., उत्तर नगर महिला बिभाग सदस्य निर्मला दाहाल, दक्षिण नगर समिति अध्यक्ष बलराम कोली, जेष्ठ नागरिक कलवती बि.के., केएस थलो मीडिया संयोजक रनी कोहली, सदस्य गंगाराम कोहली, गोर्खा जनकल्याण समाज बेंगलोरका अमर बहादुर चन्द. सिलाँग समाज बेंगलोरका पदाम बि.क. र नागरिक समाजका सदस्य जगी राम बि.क.को आतिथ्यता पछि रक्तिम सांस्कृतिक बिभागका कलाकारहरूलेे उपस्थित सम्पूर्णलाई गीत संगितबाट स्वागत गर्नु भएको थियो ।

प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष जनकराज पौडेलले पनासमा द्वीप प्रज्योलन गरी उद्घाटन गर्नु भयो । वहाॅले आफ्नो उद्घाटन भाषणमा तिज पर्वको प्रगतिशिल पाटोबारे पहिले देखिनै तिजको गितमा महिलाहरूसंग भएको विभेदको विरूद्धमा गित गाउने पाउने प्रचलन हो । सांस्कृतिक क्षेत्रमा पुंजीवादी विकृतिले तिजको मर्म र महत्वलाई दिशा विहिन बनाएको छ । अहिले पनि महिलाहरू कैयौ भेदभावको सिकार भैरहेको अवस्था छ । तिजमा जनसरोकारसंग सम्बधित प्रगतिशिल गितबाट जनतालाई सचेत र संगठित गर्दै समानताको लागि सबै दिदी बहिनीहरु एकतावद्ध भएर संगठित हुन आह्वान गर्नुभएको थियो । अन्य अतिथिहरुले पनि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा विभिन्न एरियाबाट सहभागी महिलाहरूले आ-आफ्नो तिज गित तथा नृत्यहरू प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार