वापी, दमन र सिलवासा नगर महिला विभागको संयुक्त तिजी कार्यक्रम सम्पन्न

सिलवासा, २६ अगस्त २०२५,

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापी पश्चिम, वापी पूर्व दमन र सिलवासा नगर महिला विभागले संयुक्त तिजी कार्यक्रम सम्पन्न गरेको छ । २६ अगस्त २०२५ का दिन महिला विभागको संयुक्त आयोजनमा सो प्रगतिशील तिजी कार्यक्रम सम्पन्न भएको हो ।

वापी पूर्वकी महिला सदस्य कमला ढकालको सञ्चालनमा अघि बढेको सो कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय समितिका सचिव बेदबहादुर कार्कीले मैन बत्ति बालेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय समिति सदस्य रमकला काउछा, केन्द्रीय सदस्य श्रीधर शर्मा, समाजसेवी टक दाहाल, पश्चिम भारत क्षेत्रीय सल्लाकार तथा व्यबसायीक भुवनसिंह धामी, पश्चिम भारत क्षेत्रीय उपाध्यक्ष बाबुराम दहित, क्षेत्रीय सदस्य शोभा धामी, दमन नगर अध्यक्ष शेरबहादुर विक, सेरसिंह आउजी, वापी पूर्व अध्यक्ष गनबहादुर राना, सिलवासा नगर अध्यक्ष राम थापा, सिलवासा नगर महिला विभाग सयोजक सिता थापा, वापी पश्चिम नगर महिला विभाग संयोजक पवन खडका, केन्द्रीय महिला विभाग सदस्य बिना काउछा, केन्द्रीय सांस्कृतिक विभाग सदस्य हरि काउछा, क्षेत्रीय सदस्य मानबहादुर थापा, क्षेत्रीय सल्लाकार दिपेश लिम्बु र मिना विकलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कलाकारहरूले गीतले स्वागत गर्दै नित्यसमेत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पश्चिम भारत क्षेत्रीय महिला विभागकी संयोजक विष्णुमाया शर्माको अध्यक्षता र स्वागत माया थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार