दक्षिण भारतको कोयम्बतुरमा प्रगतिशील तीजी कार्यक्रम भब्य र सानदार रूपमा सम्पन्न छ ।

चन्द्र प्रसाद पौडेल,
कोयम्बतुर, 24 अगस्त 2025 का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, दक्षिण भारत क्षेत्रीय समिती अन्तर्गत कोयम्बतुर नगर समितिको आयोजनामा राखिएको प्रगतिशील तीजी कार्यक्रम भब्य र सानदार रूपमा सम्पन्न भएको छ ।

लक्ष्मी देबि शर्माको अध्यक्षता र खिमानन्द शर्माको सन्चालनमा अगाडि बढेको कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य बिरे थापाको प्रमुख अतिथ्यता रहेको थियो । अन्य अतिथीहरूमा क्षेत्रीय सदस्यहरु यम बहादुर केसी, मिना हमाल, रक्तिम क्षेत्रीय बिभागका सदस्य बल बहादुर बिक, महिला क्षेत्रीय बिभाग सदस्य रुपा थापा, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रिय उपाध्यक्ष कस्तुरी थापा, मूल प्रवाह निलगिरी नगर अध्यक्ष टेक बहादुर बिक हुनु हुन्थ्यो । ज्ञात-अज्ञात शहिदहरु प्रति एक मिनेट मौनधारण पश्चात उपस्थीती जनसमुदायलाई नेत्र बहादुर थापाले शब्दबाट र रक्तिम सांस्कृतिक परिवारका कलाकारहरुले गित-संगितबाट स्वागत गर्नुभएको थियो ।


प्रमुख अतिथी बिरे थापाले दीप प्रज्वल गरेर प्रगतिशील तीजी कार्यक्रमलाइ बिधिवत रूपमा उद्घाटन गर्नुभएको थियो । वहाँले तिजको शुभकामनाका साथै भारतमा नेपालीहरूका समस्या झन जटिल हुदै गई रहेको अवस्थामा संगठनलाई थप मुजबुत बनाएर लैजानुको बिकल्प छैन भन्नु भयो । कार्यक्रममा यम बहादुर केसी, मिना हमाल, बल बहादुर बिक,रुपा थापा, कस्तुरी थापा, टेक बहादुर बिकले पनि सम्बोधन गर्नु भएको थियो। कार्यक्रममा तिजका गित र रक्तिमका गित एवं नृत्यहरूको रोचक प्रस्तुती भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार