
रायगढ, 26 अगस्त 2025
मुल प्रवाह अखिल भारत नेपाली एकता समाज रायगढ नगर समितिका आयोजनमा प्रगतिशिल तीज कार्यक्रम न्हावामा सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता यमी राना र संचालन तिलक रानाले गर्नु भएको थियो । कार्यक्रममा केन्द्रिय प्रतिनिधी अनन्त राहदीको प्रमुख आतिथ्यता रहेको थियो । अन्य अतिथीहरूमा केन्द्रिय सदस्य तथा मध्य पश्चिम भारत क्षेत्रीय अध्यक्ष श्याम तरामु, केन्द्रिय महिला विभाग मीना गुरुङ्ग, क्षेत्रीय सचिव रमेश दलामी, क्षेत्रीय सदस्य सन्त बहादुर, नगर उपाध्यक्ष रन बोगटी, न्हावा एरिया समिति अध्यक्ष देव कुवर हुनुहुन्थ्यो । कार्यक्रममा सहभागीहरूलाई भिमा रानाले मन्तब्यबाट स्वागत गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन अनन्त राहदीले गर्नुभयो, वहाँले आफ्नो मन्तब्यमा भन्नु भयो ”हामी रमाईलो मात्र गर्ने होईन तिजको परम्परा महिला हक हितसंग जोडिएको छ यसमा आएका विकृतिहरूलाई हटाउदै सम्पूण मानवजातिको मुक्ती आन्दोलनसंग जोडेर लैजानु पर्दछ“। । कार्यक्रममा श्याम तरामु, मिना गुरूङ्ग,रन बोगटी र दुव कुवरले पनि सम्बोध गर्नु भएको थियो । कार्यक्रममा रायगढ जिल्लाका विभिन्न स्थानहरूबाट व्यापक सहभागीता रहेको थियो । महिला दिदी बहिनीहरूले मौलिक रूपमा गित गाउदै नृत्य गरेर तिजी मनाएका थिए । सांस्कृतिक विभागका कलाकारहरूले बिच बिचका आफ्ना प्रस्तुतिहरू पनि दिएका थिए ।
















