रायगढको कल्हे करनकामा मूल प्रवाहको टोल समिति निर्माण

रायगढ, मुम्बई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत रायगढ नगर समितिद्वारा सञ्चालित कल्हे करनकामा टोल भेला सम्पन्न भएको छ ।

डिसेम्बर १९, २०२५ का दिन सम्पन्न भेलामा केन्द्रीय सचिवालय सदस्य गोविन्द थापा र क्षेत्रीय सचिव सन्त थापाको विशेष उपस्थिति रहेको थियो । भेलाले सुनिल परियारको अध्यक्षतामा १७ सदस्यीय टोल समिति गठन गरेको छ ।

जसमाः उपाध्यक्ष– विष्णु विक, सचिव– निखिल थडराई, कोषाध्यक्ष– राजाराम थडराइ, सदस्यहरूमा क्रमशः यम बहादुर नेपाली, लक्ष्मी नेपाली, कृतिका विक, पुजा थडराई, प्रेम बहादुर नेपाली, पुष्पामायाँ रोका, संगिता परियार, हरि विश्वकर्मा, पुनराम बुढाथोकी, रिम नेपाली, सुकुमायाँ थडराई र लालमायाँ थडराई रहनुभएको छ ।

नयाँ समितिलाई गोविन्द थापा र सन्त थापाले बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार