
बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समितिको आयोजनामा ४७औँ स्थापना दिवस मनाइएको छ ।
ओम बहादुर दाहालको अध्यक्षता तिलक केसीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा निर्मला दाहालले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य धर्म पहरी, क्षेत्रीय महिला बिभागका सदस्य दुरा पहरी, दक्षिण भारत सांस्कृतिक बिभागका सदस्य ज्योती कुमारी पहरी, नगर महिला बिभागका सदस्य मिना गुरुङले आतिथ्यता एवं मन्तव्य दिनुभएको थियो ।
नगर समितिका सदस्य सिता कुवँरले धन्यवाद मन्तव्य दिनुभएको थियो ।
















