
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरिदाबाद नगर समितिले 2025 सालको प्रगतिशील देउसी भैलोको समीक्षा तथा समापन कार्यक्रम मिति 14 डिसेम्बर 2025 का दिन भव्य तथा हर्षाेल्लासपूर्ण वातावरणमा सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष विष्णु बि.सी.ले गर्नुभएको थियो भने सञ्चालन सुशीला पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख तथा विशिष्ट अतिथिका रूपमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य बाबुराम बिष्ट हुनुहुन्थ्यो भने अन्य अतिथीहरूमा पश्चिमोत्तर क्षेत्रीय समितिबाट बाबुराम भुसाल, पश्चिमोत्तर क्षेत्रीय महिला विभागबाट माया बिसी, अखिल भारत नेपाली विद्यार्थी सङ्घ केन्द्रीय समितिबाट सचिव सरिता बिसी, विद्यार्थी क्षेत्रीय समितिबाट कमल कुँवर, क्षेत्रीय सांस्कृतिक विभागबाट धरम खनाल, महिला नगर विभाग फरिदाबादबाट संयोजक शकुन्तला थापा, मूल प्रवाह नगर समितिबाट किसन थापा र चन्द्र अधिकारी, महिला विभागबाट मिश्री खड्का लगायतको गरिमामय उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुआत ज्ञात तथा अज्ञात सहिदहरूप्रति एक मिनेटको मौन धारण गरी गरिएको थियो । त्यसपछि सहभागीहरूलाई नगर समितिका उमेश जिसीले स्वागत मन्तव्यबाट स्वागत गर्नुभएको थियो। स्वागत क्रममा रक्तिम सांस्कृतिक परिवारका कलाकारहरूले “आउ है एकताको झण्डामुनि, सबैलाई स्वागत छ” भन्ने जोशिलो प्रगतिशील गीत प्रस्तुत गर्दै उपस्थित जनसमुदायलाई उत्साहित बनाएका थिए।
समीक्षा कार्यक्रममा एनआईटी एरियाका अध्यक्ष लोकराज थापा, हेबल हेमला एरियाबाट नारायण राना, बल्लभगढ एरियाबाट मिना जिसी, मूल प्रवाह नगर समितिकी महिला कार्यकर्ता बिमला महरा, नगर समितिका सदस्य अशोक केसी, सविता थापा लगायतले आफ्ना धारणा राख्दै 2025 को देउसी भैलो अत्यन्तै अनुशासित, प्रगतिशील र जनवादी तरिकाले सम्पन्न भएको निष्कर्ष व्यक्त गर्नुभयो।

कार्यक्रममा देउसी भैलोमा महत्वपूर्ण भूमिका खेल्ने कलाकार तथा बालकलाकारहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। पुरस्कार प्राप्त गर्ने कलाकारहरू क्रमशः संज्ञान बिष्ट, मनिषा खनाल, सिर्जना खनाल, कमला थापा, कविता थापा, निश्चल बिसी, सरिता बिसी, प्रतिभा भुसाल, प्रिन्स केसी, सृष्टि खनाल, सिम्रन नेपाली, मञ्जु नेपाली, निपूर्ण अधिकारी, विभान महरा, रेखा भुसाल, सुशान्त खनाल, चार्वी घर्ती, मयङ्क पुन, सुहाना मल्ल, वंशीका थापा, कमल कुँवर, आशिष राना र दिपांशु रहेका छन्।
त्यसैगरी नगर समितिका सक्रिय कार्यकर्ता पुरस्कार अशोक केसी र चन्द्रकला ढकाललाई प्रदान गरिएको थियो।

कार्यक्रमको धन्यवाद मन्तव्य रक्तिम सांस्कृतिक परिवार क्षेत्रीय समितिका कलाकार धरम खनालले दिनुभएको थियो। अन्त्यमा विभिन्न प्रगतिशील गीतदृसांस्कृतिक प्रस्तुतिहरूले हल गुञ्जायमान बनेको थियो।
अत्यन्तै हर्षाेल्लासपूर्ण वातावरणमा सम्पन्न भएको उक्त कार्यक्रमको समापन नगर अध्यक्ष विष्णु बि.सी.ले घोषणा गर्नुभएको थियो।
















