हैदरावादमा मूल प्रवाहद्वारा राहात वितरण

हैदरावाद, १७ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत राहात बितरण गर्ने कार्य निरन्तर नै चलेको छ । जस अनुसार उत्तर नगर समिति अन्तर्गत शापुर नगर एरिया भित्र बिपत्तिमा परेका बरेङ गाउँपालिका, जैमिनी नगरपालिका बाग्लुङ र ओखलढुंगाका १३ जना नेपाली श्रमिकहरुलाई नगर सदस्य तथा एरिया अध्यक्ष लालबहादुर थापा र नगर सदस्य धन बहादुर थापा द्वारा राहत बितरण गरियको छ ।

त्यस्तै बाच्पल्लीमा रहेका झापाका ४ जना नेपाली श्रमिकहरुलाई उत्तर महिला बिभाग कि देवु केसीले राहत प्रदान गर्नु भएको छ ।

त्यसैगरि पटानचेरु एरिया भित्र पर्ने लिङम्पल्लीमा बिचल्लीमा परेका मोरङ, कैलाली, तनहुँ र पाल्पाका ९ जना नेपाली श्रमिकहरुलाई नगर सदस्य तथा पटानचेरु एरिया अध्यक्ष प्रजापति पौडेलको नेतृत्वमा सम्पुर्ण खाद्य सामाग्री सहित राहत बितरण गरिएको छ ।

त्यसैगरि उत्तर नगर भित्र युसुफ गुडामा सुर्य बहादुर पुनको नेतृत्वमा भिम थापा, रामप्रसाद अधिकारी, भोजेन्द्र केसी, दिपेन्द्र थापा, धनबहादुर नेपालीले तनहुँका २५ घरपरिवारका सदस्यहरुलाई खाद्यान्न सामग्री बितरण गर्नु भएको छ ।

त्यसैगरी अत्तापुरमा पाल्पाका ९ जना, चौथो प्यालेसमा र नानाकरेमगुडेम भन्ने ठाउँमा ८ जना नेपाली श्रमिकहरुलाई राहत बितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार