मुकुन्द रोकाकी जीवन संगीनी र छोरीको सम्झनामा श्रद्धाञ्जली सभा

दाङ । अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्दराज रोकाकी जीवन संगीनी जमुना र छोरी जेनिसाको सम्झनामा दाङमा श्रद्धाञ्जली सभा सम्पन्न पारिएको छ । अखिल नेपाल युवक संघ केन्द्रीय समितिको आयोजनामा मंगलबार स्मृति सभा गरिएको हो ।

भालुवाङमा आयोजित सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले यो घटनाले पार्टीलाई अपुरणीय नोक्सानी भएको बताउनु भयो । उहाँले शोकलाई शक्तिमा बदल्ने प्रयत्न गर्न सबैसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा राजमो उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले घटना बिर्सनै नसक्ने भएको भन्दै पार्टी र आफू पनि हरेक तह र तप्काबाट बेपत्ता छोरी जेनिसा रोकाको खोज तलास र मुकुन्द रोकाको उपचारमा लागेको बताउनु भयो । युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरेले घटनापछि संगठन निरन्तर खोज तलास र उपचारमा लागेको भन्दै केही दिनमा मुकुन्द रोका निको भएर घरमै आउने बताउनु भयो।

राजमो जिल्ला अध्यक्ष गणेश आर्चायले दुर्घटनाले पार्टीलाई स्तब्ध पारेको भन्दै जिम्मेवारीका साथ मुकुन्द रोकाको उपचारमा सबैको साथ र सहयोगको आवस्यक रहेको बताउनु भयो ।

स्व. जमुना रोकाका ससुरा बुवा तथा जेनिशाका हजुरबुवा धनबहादुर रोकाको अध्यक्षता तथा युवक संघका केन्द्रीय उपाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष चित्र यमसीको सञ्चालनबाट अघि बढेको कार्यक्रममा राजमो प्युठान जिल्ला सदस्य दुर्गा प्रसाद भुसालले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

मंसिर ११ गते छोरी जेनिसाको उपचारका लागि अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्द रोकाको परिवार काठमाडौं जाँदै गर्दा उहाँहरु चढेको लु.१ च. ९७३१ नम्बरको जिप मुग्लिन नजिकैबाट त्रिशुलीमा खसेको थियो ।

मुग्लिनदेखि २ किलोमिटर कुरिनटारतर्फ त्रिशुलीमा खस्दा चालक केसी र जिपमा सवार युवक संघका उपाध्यक्ष मुकुन्द रोकाकी श्रीमती जमुना रोकाको घटनास्थलमै निधन भएको थियो । छोरी जेनिसा हालसम्म पनि वेपत्ता हुनुहुन्छ भने उपाध्यक्ष रोका घाइते अवस्थामा चितवन मेडिकल कलेजमा उपचाररत हुनुहुन्छ । उहाँ त्रिशुली नदीमा पौडिएर बाँच्न सफल हुनुभएको हो ।

मंगलबार आयोजित श्रद्धाञ्जली सभामा राजमोका नेता कार्यकर्ता, परिवारजन र आफन्तसँगै स्थानीयको उपस्थिति रहेको थियो ।

परिवारका सदस्यहरु जमुना रोकाकी सासु आमा तथा जेनिशा रोकाकी हजुर आमा उजेला रोका, छोरा तथा भाइ ज्याक रोका, देवर तथा कान्छो अन्कल रामु रोका, देवरानी तथा कान्छी अन्टि मेनका जिसि, छोरा तथा भाइ पृन्स रोका, दिदी हिमाली पुन, नन्द बहिनी शुसिला न्यौंपाने, नन्दे भाइ प्रकाश न्यौंपाने, कान्छो ससुरा लाल बहादुर रोका र देवर प्रेम रोकाको अतिथ्यता रहेको थियो ।

त्यस्तै, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज खगा राना, युवक संघका केन्द्रीय सदस्य हुमलाल नेपाली, युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल, अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेम नारायण आचार्य, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य केशवराज आचार्य, राजमो दाङ जिल्ला सदस्य ठाकुर आचार्य, राजमो प्युठान जिल्ला सदस्य चेतनाथ योगी, अखिल नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष शुरेसकुमार श्रेष्ठ, राजमो दाङका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार नरबहादुर केसी, तराइ मधेस जनवदी मोर्चाका केन्द्रीय सदस्य बुधर अलि, रक्तिम साँस्कृतिक अभियान दाङका जिल्ला सदस्य बिक्रम पाण्डेय, महिला नेत्री हुमा मास्के साथै होटल ब्यवसायी संघ भालुबाङका अध्यक्ष महेश बेल्बासे लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार