एमसिसीको विरोधमा प्रदर्शन गर्नेहरु माथि लाठीचार्ज

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा मंगलबार पनि माइतीघरमा प्रदर्शन भएको छ । युवा–विद्यार्थीहरुले हातमा कालोपट्टी बाँधेर एमसिसीको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा युवा–विद्यार्थीहरुले एमसिसी खारेजीको माग गर्दै चर्को नारा लगाएका छन् ।

विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । हस्तक्षेपका क्रममा प्रहरीको लाठी प्रहारबाट करिब एक दर्जन विद्यार्थी नेता कार्यकर्ता घाइते भएका छन् । टाउको र शरीरमा चोट लागेका विद्यार्थी नेतालाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।

प्रहरी हस्तक्षेपका क्रममा भएको लाठी प्रहारबाट अनेरास्ववियू केन्द्रीय सदस्य रविन जङ्ग बस्नेत, समीर वुढाथोकी, निर्ग नवीन, सञ्जिव चौधरी, सञ्जिव फुयाल, दुधराज तामाङ, उपदेश यादव, निरोज श्रेष्ठ, भूमिराज अधिकारी लगायत नेता कार्यकर्ता घाईते भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार