ओलीले पहिला पार्टी ध्वस्त पारे, अब संविधान ध्वस्त पार्दैछन् : केसी

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

1038 जनाले पढ्नु भयो ।

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यतिखेर प्रधानमन्त्री केपी ओलीको सरकारद्वारा संविधान नै ध्वस्त गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घद्वारा २०७८ जेठ २५ गते आयोजित भर्चुअल अन्तरक्रियामा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै अध्यक्ष केसीले भन्नुभयो– ‘अहिले संसद ध्वस्त र आफ्नै पार्टी ध्वस्त गरिसकेपछि प्रधानमन्त्री ओलीले अब संविधान ध्वस्त गर्ने प्रयास गरिरहेका छन् ।’

उहाँले यस्तो जताततै ध्वस्त गरिसकेपछि मात्र नागरिकता अध्यादेश ल्याइएको उहाँले बताउनुभयो ।

‘न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका सबै ध्वस्त गरेर प्रधानमन्त्रीद्वारा नागरिकता अध्यादेश जारी गरिएको छ’ उहाँले भन्नुभयो– ‘यस प्रकार देश गम्भीर अवस्थामा पुगेको छ ।’

अध्यक्ष केसीले प्रत्येक राजनीतिक परिवर्तनको सेरेफेरोमा लाखौँ नेपाली अनागरिक छन् भनी नियोजित हल्ला फिँजाउने गरिएको स्मरण गर्नुभयो ।

उहाँले थप्नुभयो– ‘हामीकहाँ लाखौँ नेपालीले नागरिकता पाएका छैनन् भन्ने नियोजित हल्लाको हाडमा खुकुलो नागरिकतासम्बन्धी कानुनी व्यवस्था गर्ने गरिएको छ ।’

आमालाई पोइलो लगाएर जारी खाने राजनीतिक प्रवृत्तिले गर्दा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षा नहुने बताउँदै उहाँले भन्नुभयो– ‘देशको अस्तित्वको रक्षा वास्तविक नेपाली जनताले मात्र गर्न सक्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *