गुजरात सुरेन्द्र नगरमा नगर समिति गठन

सुरेन्द्र नगर, १७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने सुरेन्द्र नगरमा नगर समिति गठन भएको छ । भेला १७ जुलाई २०२१ का दिन सम्पन्न पारिएको हो ।

केन्द्रीय सदस्य गोविन्द बहादुर थापा र पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्कीको विशेष उपस्थितिमा सम्पन्न भेलाको सञ्चालन सुरज सोनीले र अध्यक्षता शेर सिंह ठकुरीले गर्नुभएको थियो । भेलामा सभाागिहरुलाई मोहन चन्दले स्वागत गर्नुभएको थियो ।

भेलामा केन्द्रीय सदस्य गोबिन्द बहादुर थापाले मूल प्रवाह नेपाली एकता समाजको महत्व र आवश्यकता बारेमा प्रकाशन पार्नुभएको थियो । पश्चिम भारत क्षेत्रीय समितीदेखि सुरेन्द्र नगर समितिको घोषणा बेद बहादुर काकीले गर्नुभएको थियो ।

जसमाः अध्यक्ष– शेर सिंह ठकुरी, उपाध्यक्ष– गणेश विक, सचिव– सुरज सोनी, सहसचिव– सोनु श्रेष्ठ, कोषाध्यक्ष– मोहन चन्द रहनुभएको छ । सदस्यमा ललीत सोनी, लालसिंह सोनी, यामु परियार, खिम बुढा मगर, खिम केशी, तेजेन्द्र सोनी, केशर केसी, आसाराम चौधरी, वैकल्पिक सदस्यमा चक्र बस्नेत, अर्जुन चौधरी सल्लाहकारमा मान सिंह र नवीन वली रहनु भएको छ ।

नयाँ समितिलाई केन्द्रीय समिवि तथा पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष बेद बहादुर कार्कीले बधाई एवं शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार