चिदम्बरममा मौसमी चन्दा अभियानको रुपमा देउसी भैलो सम्पन्न

  •   
  •  
  •  
  •  
  •  
  •  

251 जनाले पढ्नु भयो ।

हेम बहादुर गन्धर्व,

चिदम्बरम, १६ नोभेबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिले २०७७ को तिहारमा खेलिने प्रगतिशिल देउसी भैलोलाई मौसमी चन्दा अभियानको रुपमा सम्पन्न पारेको छ ।

कोभिड– १९ को महामारी र त्रासदीपूर्ण समयमा साँस्कृतिक टोली सहित प्रगतिशिल देउसी भैलो खेल्ने समय परिस्थिति प्रतिकूल बनेका कारण स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै चिदम्बरम नगर समितिले प्रवासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुको घर आँगनमा पुगेर यस बर्षको देउसी भैलोलाई “मौसमी चन्दा अभियान” का साथ भव्य रुपमा सफल पारेको हामीलाई हेम बहादुुर गन्धर्वले रिपोर्ट दिनुभएको छ ।

नगर स्तरीय मौसमी चन्दा अभियानको उद्घाटन तथा नेतृत्व मूल प्रवाह क्षेत्रीय समिति सदस्य गोकुल बहादुर गायकले गर्नु भएको थियो । अभियानमा रक्तिम क्षेत्रीय विभागका बाला कृष्णा गायक, केन्द्रिय परिषद सदस्य हेम बहादुर गन्धर्व र नगर उपाध्यक्ष सुर्यमान गिरी सहभागी हुनुहुन्थ्यो ।

अभियानलाई एरिया स्तरमा पनि संचालन गरिएको थियो । नगर अध्यक्ष मोहराज शर्माको नेतृत्वमा टाउन एरिया समितिले सञ्चालन गरेको चन्दा अभियानमा देवेन्द्र आचार्य र मेघराज शर्मा सहभागी हुनु हुन्थ्यो । नगर सदस्य नारायण शर्माको नेतृत्वमा कार्यकाल एरिया समितिले सञ्चालन गरेको अभियानमा जीवन पराजुली र डिल्ली प्रसाद शर्मा सहभागी हुनुहुन्थ्यो । नगर सदस्य रमाकान्त शर्माको नेतृत्वमा कल्लाकुर्ची एरिया समितिले सञ्चालन गरेको अभियानमा जीवन शर्मा र तोयनाथ शर्मा सहभागी हुनुहुन्थ्यो ।

मौसमी चन्दा अभियान साथ २०७७ सालको प्रगतिशिल देउसी भैलोलाई निकै उत्साह पूर्वक सहभागी बनी आर्थिक, नैतिक र भौतिक सहयोग गरि भव्य र सानदार रुपमा सफल पारि दिनुहुने सम्पूर्ण शुभचिन्तक, सदस्य, कार्यकर्ता एवं आम प्रवासी नेपाली जनसमुदायहरुलाई नगर अध्यक्ष मोहराज शर्माले अनलाईन मार्फत हार्दिक बधाई एवं धन्यवाद प्रटक गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *