चेन्नईमा माओ दिवस सम्पन्न

चेन्नई । सर्बहारा बर्गका महान गुरू कमरेड माओत्सेतुङको १२७ औं जन्म दिवस चेन्नइमा मनाइयो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नईका चारवटै नगर समितिको संयुक्त आयोजनामा माओत्सेतुङको १२७ औ जन्मदिवस समारोह मनाइएको हो ।

कार्यक्रमको अध्यक्षता उमानन्द आचार्य र सञ्चालन हिरामणी शर्माले गर्नु भएको थियो । शहिदहरूको संझनामा एक मिनट मौनधारण पश्चात कार्यक्रम उपस्थित जनमानसलाई कृष्णप्रसाद पौडेलले स्वागत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष महेन्द्र बस्याल, क्षेत्रीय प्रतिनिधि दयाराम खनाल, क्षेत्रीय सदस्य हेमराज रिजाल, ज्योतिनारायण शर्मा, अर्जुन केसी, राजमो प्युठान जिल्ला सदस्य दुर्गा भुसाल, पश्चिम नगर कोषाध्यक्ष बुद्धिराम पौडेल, सदस्य पदम पौडेल, राजु अधिकारी, नेत्र शर्मा, दक्षिण नगरबाट टुकनाथ शर्मा, धनबहादुर विक, प्रेम आचार्य र उत्तर नगर सदस्य बालाकृष्णन लगायतले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार