जन्मथलो बागलुङमा हेमप्रसाद पुनको स्मृतिसभा

बिमल पाण्डे, बागलुङ ।

अखिल नेपाल युकक संघका पुर्व केन्द्रीय अध्यक्ष तथा अखिल नेपाल जनजाति सम्मेलनका पुर्व केन्द्रीय महासचिव हेम प्रसाद पुनको स्मृति सभा सम्पन्न भएको छ।

हेम प्रसाद पुनलाई सम्झदै प्रमुख आतिथि एवं अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य तम बहादुर घर्तिले हेम प्रसाद पुन एक जुझारु ,एवम सक्षम युवा नेता रहेको बताउनुभयो ।

उहाँले पार्टी संगठनमा अनुशाशित ढङ्गले सक्रिय एवं शोशित पिडित जनताको पक्षमा अथक रूपमा लडेको र देशका युवाहरुमा मार्क्सवादी चेतनाको किरण छर्न रगत पसिना खर्चेको बताउदै सम्पुर्णलाई उहाँले देखाएको मार्गमा निरन्तर अगाडि बढ्न आह्वान गर्नुभयो।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा राष्ट्रिय परिषद सदस्य गौरिश्वोर पाण्डे,राजमो नगर अध्यक्ष दिपक थापा, राजमो जिल्ला सदस्य दुर्गादेवी घर्ती,रक्तिम नगर अध्यक्ष झक प्रसाद श्रेष्ठ लगाएतका नेता कार्यकर्ताहरुको उपस्थित थियो।

कार्यक्रम जनजाति सम्मेलनका नगर अध्यक्ष ओम बुढाको अध्यक्षता र सचिव तिलक बुढाको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार